सौर्यको जहाज दुर्घटना: पाइलट बाहेक कोही बचेनन्, १८ शव पहिचान

काठमाडौं । सौर्यको जहाज दुर्घटना: काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको पाइएको छ ।
पछिल्लो विवरणअनुसार प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन्। प्राविधिक प्रयोजन परीक्षणका लागि पोखरा उड्न लागेको उक्त जहाज दुर्घटनामा परेको हो । जसमा सर्वसाधारण यात्रु थिएनन् ।
नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य र को–पाइलट एस कटवाल रहेका थिए । त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक Aref Reda सवार रहेका थिए । चालकलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।
विमानमा सवार यात्रुको शव यत्रतत्र छरिएर रहेका अवस्थामा संकलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । उनले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताए । सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको सौर्यको जहाज दुर्घटना भएको हो ।
सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा सवार रहेको बुझिएको छ ।
विमान चालक मनिष रत्न शाक्यको भने उद्धार गरिएको छ । उनको सिनामंगलस्थि केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शाक्य सन् २०१४ देखि सौर्य एयरलाइन्समा आबद्ध रहेका चालक हुन् । सो बिमान दुर्घटनाका कारण अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ।
सौर्यको जहाज दुर्घटना: उक्त सौर्य एअरलाइन्सको ९एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको कर्मचारी को विवरण :
plane crash list सौर्यको जहाज दुर्घटना पाइलट बाहेक कोही बचेनन्