७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सौर्य एयरलाइन्सको जहाज दुर्घटना : कम्तीमा १८ जनाको शव निकालियो - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराधसूचना / प्रबिधि

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : कम्तीमा १८ जनाको शव निकालियो

काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको छ ।

प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या अझै बढ्न सक्छ । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान करिब ११ बजेतिर दुर्घटना भएको हो । दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।

Nepal Himalayas Tours and Travel

आगो नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो भने लगभग नियन्त्रणमा आएको श्रोतले जानकारी दिएको छ।

काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरको उक्त जहाजमा १७ जना रहेको बताइएको छ । जहाज के कारणले कसरी दुर्घटना भयो भन्ने कुराको विस्तृत जानकारी बाहिर आएको छैन ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।

विमानस्थलका एक कर्मचारीले भने, ‘विमानस्थलमा आज बिहान सौर्य एयरलाइन्स दुर्घटना भयो। एयरलाइन्समा आगो लागेका कारण अहिले सुरक्षाकर्मीले नियन्त्रणमा लिँदै हुनुहुन्छ। मेन्टिनेन्सका कारण पोखरा जानेक्रममा एयरलाइन्स दुर्घटनामा परेको हो। एयरलाइन्समा सौर्य एयरलाइन्सकै कर्मचारीमात्र हुनुहुन्थ्यो भन्ने जानकारी प्राप्त भएको छ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button