१० चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्रधानमन्त्रीको दबाबपछि राजीनामा दिने मनस्थितिमा कुलमानघिसिङ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशप्राविधिक समाचारबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधसूचना / प्रबिधि

प्रधानमन्त्रीको दबाबपछि राजीनामा दिने मनस्थितिमा कुलमानघिसिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानघिसिङ बीच विवाद सिर्जना भएको छ । हुन त यो विषय नयाँ होइन, तीन वर्ष अगाडि ओली प्रधानमन्त्री हुँदा पनि उद्योगको लाइन नकाट्न घिसिङलाई ओलीले चेतावनी दिएका थिए । तर, घिसिङले नटेरेकै कारण उनलाई ओलीले हटाएका थिए ।

Nepal Himalayas Tours and Travel

विजुलीको बक्यौता नतिरेको नाममा उद्योगको लाइन काटेका कुलमानघिसिङ लाई अहिले फेरि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै उद्योगमा लाइन जोड्न निर्देशन दिँदा त्यसको अवज्ञा गरेसँगै विवाद बढेको हो । यो विवादले उग्ररुप लिदा घिसिङलाई हटाउनेसम्मको प्रपञ्च गरिएको छ । प्रधानमन्त्रीले कार्यकारी निर्देशक घिसिङको संसदमा समेत आलोचना गरेर संकेत गरेका छन् । प्रधानमन्त्रीको दबाबपछि घिसिङ राजीनामा दिने मुडमा पुगेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीको निर्देशनपछि अहिले कार्यकारी निर्देशक घिसिङ निराश भएका छन् । विगतमा पनि घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरिएको थियो । प्रचण्ड प्रधानमन्त्री भएपछि मात्रै घिसिङलाई सो पदमा ल्याइएको थियो ।

ओलीले बालुवाटारमा उद्योगीलाई सँगै राखेर विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रंकलाइनवापतको बक्यौता नतिरेका ती उद्योगको लाइन शुक्रबार नै जडान गर्न घिसिङलाई निर्देशन दिएका थिए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले छलफलका क्रममा सञ्चालक समितिको बैठक आइतबार बसेर निर्यण गरेपछि मात्रै जडान गर्न सकिने बताएपछि त्यहीबाट विवाद शुरु भएको थियो ।

जवाफमा प्रधानमन्त्रीले तत्कालै सञ्चालक समितिको बैठक बसेर निर्णय गर्न निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जा मन्त्रालयमा प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । बैठकले प्रधानमन्त्रीको मौखिक निर्देशनका भरमा बक्यौता नतिर्ने उद्योगको बिजुली जडान गर्न नसकिने निष्कर्ष निकालेको थियो ।

विद्युत प्राधिकरणले ६ अर्ब ४३ करोड बक्यौता नतिर्ने ५८ उद्योगको लाइन कटौती गर्ने बताउँदै आएको छ । बक्यौता उठाउने विषयमा फेरि छलफल हुने भन्दै तत्काल काटिएका उद्योगमा विद्युत जडान गर्नुपर्ने प्रधानमन्त्रीको निर्देशन थियो ।

प्राधिकरणले असार २५ र २७ गते रिलाइन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ वटा उद्योगको लाइन काटिदिएको थियो । सर्वोच्च अदालत र लेखा समितिले समेत बक्यौता तिर्नुपर्ने भन्दै प्राधिकरणको पक्षमा निर्णय गरिसकेको अवस्थामा कसैको मौखिक आदेशमा लाइन जोड्दा नीतिगत भ्रष्टाचार हुने प्राधिकरणको ठम्याइ छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button