हरिवंश आचार्यको नाकको नशा फुटेको पुष्टि, अवस्था सामान्य हुदै
चितवन। वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको नाकबाट रगत बगेपछि अस्पताल भर्ना भएका छन् ।
ब्रान्ड एम्बेस्डरको सम्झौतापत्रका लागि विराटनगर पुगेका आचार्यको नाकबाट रगत बगेपछि विराट नर्सिङ होममा भर्ना भएका हुन् । अहिले उक्त उपचाररथ हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको पुष्टि भएको छ ।
हिमगिरी हाइजिङको ब्राण्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीद्वय मदनकृष्ण श्रेष्ठ र आचार्य शनिबार विराटनगर आएका थिए । हिजो विराटनगरमै बसेका आचार्य आइतबार बिहान काठमाडौँ फर्कन लागेका थिए ।
हरिवंश आचार्य आफ्नो फेसबुकमा लेख्नुहुन्छ, “ शनिबार हिमगिरी प्रालि उध्योगको आतिथ्यमा मदनदाइ र म बिराटनगर आएका थियौ ।
अचानक नाकबाट रगत बगेर होटल नजिकै भएको सप्तकोसी अस्पाताल पुगे र त्यहाबाट विराट नर्सिंग होम e n t department मा उपचार हुदैछ र म सामान्य अबस्थामा छु ।अस्पताल पुग्दा मेरो ब्लड प्रेशरहरु सामान्यै थिए ।
धेरैलाइ High blood pressure को कारणे होकि भन्नेले चिन्तित तुल्याएछ ।नाकभित्रको सानो नसा फुटेको रहेछ र त्यसलाइ टाल्ने काम भईसकेको छ र अहिले सामान्य अबस्थामा श्वास्थ लाभ गरीरेको छु ।उपचारको क्रममा बिराट नरसिङ्ग होम परिबार ,डा .राजिब शाहको चिकित्क टिमलाइ धन्यबाद दिन चाहन्छु । मेरो श्वास्थ प्रति चासो ब्यक्त गर्दै
कोसि प्रदेशका मुख्य मन्त्री ,माननिय हिकमत कार्किज्यु प्रति आभारी छु साथै हिमशिखर उध्योग प्रा लि का आदरणिय सदश्यज्युहरु र कर्मचारीज्युहरुले गर्नु भएको माया ,सद्भभाब र सहयोग प्रति आभारी छु ।
देश बिदेशमा रहनु भएका नेपाली दाजुभाइ दिदी बहिनी र संम्पुर्ण पत्रकार जगतलाइ मेरो स्वास्थ्य प्रति यतिधेरै सद्भाब प्रकट गरिदिनु भएकोमा आभारी छु ।“
उनले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर चासो, सहयोग र सद्भाव राख्ने सबैप्रति आभार प्रकट गरेका छन् ।