१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्रधानमन्त्री ओलीले पाए दुई तिहाई विश्वासको मत(१८८ मत) - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसफलताको कथासूचना / प्रबिधि

प्रधानमन्त्री ओलीले पाए दुई तिहाई विश्वासको मत(१८८ मत)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन् ।

उनले आइतबार प्रतिनिधि सभामा दुई तिहाइ सांसदबाट विश्वासको मत पाएका हुन् ।

प्रतिनिधि सभामा उपस्थित २६३ जनामध्ये ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ जनाले मतदान गरे भने एक जना तटस्थ बसे ।

Nepal Himalayas Tours and Travel

प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरूले मत दिए।

प्रधानमन्त्रीले राखेको विश्वास मतको प्रस्तावका विपक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत उभिएका छन्।

गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउनेलगायत ७ बुँदे सहमति भएको थियो। जसअनुसार पहिलो दुई वर्ष ओली र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति छ।

नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

दुई तिहाइ बहुमत पुग्नका लागि १८४ सांसदको समर्थन चाहिन्छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको चार मत बढी पाएका छन् ।

प्रधानमन्त्री पदमा विश्वासको मत पाए लगतै उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत धन्येबाद ब्यक्त गर्दै प्रधानमन्त्री ओली ले लेखेका छन् ‘”संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ। यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने छु । प्रतिनिधिसभाका सबै माननीय सदस्यज्यूहरूलाई धन्यवाद !”

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button