११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सिमलताल पहिरो: हालसम्म २२ जनाको शव फेला, ८ जना असनाखत - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

सिमलताल पहिरो: हालसम्म २२ जनाको शव फेला, ८ जना असनाखत

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ सिमलताल स्थित त्रिशुली नदीमा(सिमलताल पहिरो) खसेको बसमा सवार ६५ यात्रु मध्ये हालसम्म २२ जनाको शव फेला परेको छ र ३ जना सकुसल बचेका छन्।

२२ जना मध्ये हालसम्म १४ जनाको सनाखत भएको र ८ जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेश रिमालले जानकारी दिए । पछिल्लोपटक नवलपरासीतर्फ नारायणी नदीमा दुई जनाको शव फेला परेको हो । सनाखत भएका १४ मध्ये चारजना भारतीय नागरिक भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । त्रिशूलीमा खसेको बस अझै पत्ता लाग्न सकेको छैन ।

Nepal Himalayas Tours and Travel
सिमलताल पहिरो मा परी त्रिशूली नदीमा बेपत्ता र बसको खोजीका लागि ५ सय जना सुरक्षाकर्मी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रहरी, गोताखोरका साथै आधुनिक किसिमको वाटरड्रोन (सोनार), आकाशबाट पनि ड्रोन क्यामेरा, र्‍याफ्टिङ बोट, मोटर बोट, बस भेट्नका लागि ठूलो चुम्बक र फलामको हुक (एंकर)को प्रयोग गरिएको छ । किनारको वारिपारि मोटरबोट र दूरबिनको प्रयोगमार्फत पनि खोजी भएको छ ।

शुक्रबार विहान ३ः३० बजेको समयमा खसेको पहिरोले विरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बसलाई २८ असारमा भरतपुर महानगर– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए ।

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेकोे गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्स बस २८ असारमा भरतपुर महानगर– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए । बसमा सवार ६५ मध्ये तीनजना पौडिएर बाँचे पनि ६२ बेपत्ता भएका थिए ।

बेपत्ताको शव सीमाछेउछाउमा पनि फेला पर्न थालेपछि चितवन प्रशासनले भारतको चम्पारण जिल्लाका डिएमसँग खोज तथा उद्धार कार्यमा समन्वय गरेको छ । यद्यपि, चितवनका प्रमुख जिल्ला अधिकारी यादवले शव भेट्न र भेटिए पनि सनाखत हुन कठिन भएको बताउँदै आएका छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button