२७ मंसिर २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार? - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशबिचित्रसूचना / प्रबिधि

सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ कीर्तिमानी रेकर्ड राखेको छ ।

आज सुनको मूल्य तोलामा दुई हजारले बढेर नयाँ रेकर्ड राखेको हो ।

Nepal Himalayas Tours and Travel

यसअघि मंगलबार सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button