७ माघ २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
न्युरोडमा फुटपाथ विस्तारको काम आजबाट तिब्र रुपमा पुनः सुरु - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसफलताको कथासुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

न्युरोडमा फुटपाथ विस्तारको काम आजबाट तिब्र रुपमा पुनः सुरु

काठमाडौँ। काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ ।

उच्च अदालत पाटनबाट आदेश आएसँगै काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ (सडक पेटी) विस्तारको काम सुरु गरेको हो।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले आइतबार महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सञ्चालन गर्ने बाटो खुलेको हो ।

Nepal Himalayas Tours and Travel

यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।

अदालतको आदेशमा भनिएको छ, ‘संविधानको व्यवस्था, कानुनका प्रावधान, सडक नीति र मापदण्डसमेतलाई दृष्टिगत गर्दा निवेदक महानगरपालिकाले सञ्चालन गर्न लागेको फुटपाथ (सडक पेटी) विस्तारसम्बन्धी योजना सञ्चालन एवं सम्पन्न गर्न रोक लगाउने गरी विपक्षी सडक डिभिजन कार्यालय काठमाडौंबाट निवेदक काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालयका नाममा प्रेषित गरेको मिति २०८१/०२/१३ च. नं. १८०८ र मिति २०८१/०२/१६ को च. नं. १८३० को पत्र प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नू–नगराउनू, यथास्थितिमा राख्नू भनी विपक्षीहरूको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’ अदालतले राष्ट्रिय यातायात नीति, रेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थापनसम्बन्धी अधिकार संघलाई रहने र स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिँचाइसमेतका अधिकार स्थानीय तहमा रहने भनी संविधानको व्यवस्थाबारे स्मरण गराएको छ ।

यसअघि सडक साघुँरो बनाएर फुटपाथ फराकिलो बनाउन लागिएको विरोधमा स्थानीयले समेत प्रदर्शन गरेका थिए । यसै विषयलाई लिएर नगरसभामा पनि जनप्रतिनिधिबीच नोकझोक चलेको थियो ।

सडकलाई पैदलयात्रीमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर ११ जेठदेखि काम थालेको थियो । १२ जेठमा डिभिजन सडक कार्यालयले रोकेको थियो । न्युरोडमा बुधबार बिहानैदेखि महानगरले फुटपाथ विस्तारको काम सुरु गरेको छ।

New Road Before न्युरोडमा फुटपाथ विस्तार
New Road Before न्युरोडमा फुटपाथ विस्तार

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button