१० चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला ९ सय रुपैयाँले बढ्यो - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशबिचित्रमुख्य समाचारसूचना / प्रबिधि

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला ९ सय रुपैयाँले बढ्यो

चितवन। मंगलबार नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ।

सोमबार प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले मंगलबार प्रतितोला ९ सय रुपैयाँले बढेसँगै रेकर्ड मूल्य कायम गरेको हो ।

Nepal Himalayas Tours and Travel

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसारमंगलबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button