२२ सदस्यीय मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ? (सूचीसहित)

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिए लगतै २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन्। सोमबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ओलीले शपथ लिएका हुन्।
उनले देश र जनाताका नाममा शपथ लिएका हुन्। ईश्वरको नाममा शपथ लिएनन्। शपथका हिसाबले ओलीको यो चाैंथो कार्यकाल हो।
सपत लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओली सँगै २ उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरूले राष्ट्रपतिबाट शपथ लिएका छन्।
मन्त्रालय बाडफाडको क्रममा कांग्रेसले १०, एमालेले ८, जसपाले २, लोसपाले १ मन्त्री पाएका छन्।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णु पौडेलसहित २२ जनाले शपथ ग्रहण गरेका हुन्।
यस्तो छ मन्त्रिपरिषद्को सूचीः २२ सदस्यीय मन्त्रिपरिषद्
केपी शर्मा ओली: प्रधानमन्त्री (नेकपा एमाले)
प्रकाशमान सिंह: उपप्रधान तथा सहरी विकास मन्त्रालय(नेपाली कांग्रेस)
विष्णु पौडेल: उपप्रधान तथा अर्थ (नेकपा एमाले)
पृथ्वीसुब्बा गुरुङ : सूचना प्रविधि तथा सञ्चार मन्त्रालय (नेकपा एमाले)
रमेश लेखक : गृह (नेकपा एमाले)
शरदसिंह भण्डारी : श्रम रोेजगार मन्त्रालय (लोकतान्त्रिक समाजवादी पार्टी)
आरजु राणा : परराष्ट्र मन्त्रालय (नेकपा एमाले)
प्रदीप यादव : खानेपानी मन्त्रालय (जनता समाजवादी पार्टी)
बलराम अधिकारी: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय (नेकपा एमाले)
दामोदर भण्डारी : उद्योग वाणिज्य (नेकपा एमाले)
नवलकिशोर साह सुडी : महिला बालबाबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (जनता समाजवादी पार्टी)
देबेन्द्र दाहाल : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (नेकपा एमाले)
तेजुलाल चौधरी: युवा तथा खेलकुद (नेकपा एमाले)
प्रदीप पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (नेकपा एमाले)
अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय (नेकपा एमाले)
बद्री पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय (नेकपा एमाले)
रामनाथ अधिकारी, कृषि मन्त्रालय (नेकपा एमाले)
विद्या भट्टराई, शिक्षा मन्त्रालय (नेकपा एमाले)
मानवीर राई, रक्षा मन्त्रालय (नेकपा एमाले)
दीपक खड्का, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय (नेकपा एमाले)
राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेकपा एमाले)
एनेबहादुर शाही, वन तथा वातावरण मन्त्रालय (नेकपा एमाले)