सिमलताल पहिरो : बगेका बसका ६५ जना मद्धे पाँचजनाको शव भेटियो
चितवन। नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलताल पहिरोमा पहिरोसँगै नदीमा खसेका बसहरुको खोजी कार्य भैरहेको छ।
गत शुक्रबार बिहान सिमलताल पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ ।भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये दुईजनाको परिचय खुल्न बाँकी छ ।
हिजो काठमाडौँबाट गौर जाँदै गरेको २७ यात्रु सवार बस र वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको २४ यात्रु सवार बस पहिरोले बगाएर त्रिशूली नदीमा खसेका थिए। ३ यात्रु भने पौडीएर बाँच्न सफल भएका थिए।
काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।