२९ कार्तिक २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सिमलताल पहिरो: नारायणी नदीमा भेटियो भारतीय नागरिकको एउटा शव - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

सिमलताल पहिरो: नारायणी नदीमा भेटियो भारतीय नागरिकको एउटा शव

चितवन। नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलताल पहिरोमा पहिरोसँगै नदीमा खसेका बसहरुको खोजीका क्रममा नारायणी नदीमा एक शव फेला परेको छ।

भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भारतीय नागरिकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

Nepal Himalayas Tours and Travel

चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो । करिब ३०/३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको जनाइएको छ । मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमइ बैँकको ऋषि पल साह नामको एटीएम कार्ड पनि भेटिएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ । उनको साथमा रहेको रासन कार्डको आधारमा शवको पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । तर यकिन ठेगाना पत्ता लागेको छैन। साह सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा खसेको वीरगन्जबाट आएको बसका यात्रु हुनसक्ने उनको आशंका छ ।

हिजो काठमाडौँबाट गौर जाँदै गरेको २७ यात्रु सवार बस र वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको २४ यात्रु सवार बस पहिरोले बगाएर त्रिशूली नदीमा खसेका थिए। ३ यात्रु भने पौडीएर बाँच्न सफल भएका थिए।

हिजो दिनभरको खोजतलासपछि पनि बस नभेटिएछि आज बिहानदेखि फेरि खोजी कार्य सुरु गरिएको छ। आज बिहानैदेखि करिब ५ सय सुरक्षाकर्मी र सशस्त्र प्रहरीको २८ गोताखोर टोली ड्रोनको सहायताले खोजीकार्यमा जुटेको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button