२० कार्तिक २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
आज २११ औं भानु जयन्ती - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशशिक्षासफलताको कथासाहित्य/ सिर्जना

आज २११ औं भानु जयन्ती

आज नेपाल तथा विदेशको विभिन्न स्थानमा २११ औं भानु जयन्ती मनाइँदै

चितवन । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ भानु जयन्ती(जन्मजयन्ती) आज (शनिवार) देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ ।

नेपालका आदिकविसमेत रहेका भानुभक्त आचार्यको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

Nepal Himalayas Tours and Travel

भानुभक्तको जन्म वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भएको थियो । उनले संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए । यसकारणले भानुभक्त आचार्यलाई नेपालमा आदिकवि (प्रथम कवि) भनेर चिनिन्छ ।

उनले लेखेको रामायण नेपालीहरूको घरघरमा सस्वर लयका साथ पाठ गर्ने गरिन्छ । यसैगरी उनको बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकरजस्ता धेरै कृति छन् ।

भानुभक्तको निधन वि.सं १९२५ असोज महिनामा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवम् स्थानमा समेत मनाउने गरिएको छ ।

मेरा इनार, न त सत्तल पाटी केही छन्
जे चिज र धनहरू छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दिएछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य)

तनहुँको भानु नगरपालिका-४ पुरनडिहीमा निर्माणाधीन भानु स्मृति उद्यानमा पूर्वाधार निर्माणले गति लिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानु स्मृति उद्यानअन्तर्गत विभिन्न संरचना बनिरहेको हो ।

२११ औं भानु जयन्ती-निर्माणाधीन भानु स्मृति उद्यान
२११ औं भानु जयन्ती-निर्माणाधीन भानु स्मृति उद्यान

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले भानुभक्तको जन्मथलोलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने उद्देश्यसहित भानु स्मृति उद्यानमा पूर्वाधार निर्माण भइरहेको जानकारी दिए । उनका अनुसार उद्यानमा गत चैतदेखि पूर्वाधार निर्माण जारी छ ।
विसं २०८० चैतमा स्मृति उद्यानको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको थियो । सोही बमोजिम यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने लक्ष्यसहित पूर्वाधार निर्माण थालनी गरिएको उनले बताए । रानाभाटका अनुसार यहाँ पहिलो चरणमा स्वागतद्वार, टिकट काउन्टर, पालेघर र शौचालय निर्माण गरिनेछ । त्यसका लागि सहरी विकास मन्त्रालय मार्फत रु ७० लाख बजेट विनियोजन भएको छ । संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीमार्फत उद्यानमा पूर्वाधार निर्माणको काम भइरहेको छ ।
आदिकवि जन्मस्थल विकास समितिको कार्यालयभन्दा एक किलोमिटर टाढा रहेको उक्त ठाउँमा भानु स्मृति उद्यान निर्माण थालिएको कार्यकारी निर्देशक रानाभाटको भनाइ छ । उनले भने, “भानु जन्मस्थललाई साहित्यिक पर्यटनको थलो बनाउने उद्देश्यसहित विभिन्न पूर्वाधार निर्माण गर्दै जाने उद्देश्य राखिएको छ, सोही उद्देश्यलाई पूरा गराउनका भानु उद्यान निर्माण सुरु भएको हो ।”

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button