११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
काठमाडौँ र चितवन लगायत आज देशका यी स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

काठमाडौँ र चितवन लगायत आज देशका यी स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ(नेपालको दक्षिण भूभाग र सिमाना आसपास) रहेको जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेका कारण आज भारी वर्षासमेतको सम्भावना रहेको छ।

Nepal Himalayas Tours and Travel

अहिले देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षा को सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।

आज राती पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी वर्षा का कारण हुने क्षति एवम् समस्याबाट बच्न आवश्यक ‍सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button