६ फाल्गुन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अविरल वर्षाका कारण भोजपुरमा कालोपत्र गरिएको सडक भासियो - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

अविरल वर्षाका कारण भोजपुरमा कालोपत्र गरिएको सडक भासियो

भोजपुर । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका–३, मेस्पाङामा सडक भासिएको छ ।

भोजपुर–चखेवा सडकखण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको प्रहरीले जानकारी दिएको छ। गएराती देखिको अविरल वर्षाका कारण उक्त सडकखण्ड भासिएको उपाध्यक्ष राईले बताउनु भयो।

Nepal Himalayas Tours and Travel

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन् ।

उक्त स्थानमा आज बिहान सडक भासिएको हो । “वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ,” उपाध्यक्ष राईले भनिन्, “सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयो भने अझ बढी क्षति हुनसक्छ ।” रोकथामका लागि अनुसन्धान भैरहेको र हालका लागि बैकल्पिक सडक प्रयोग गर्न अनुरोद गरिएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button