५ बैशाख २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नौबिसे-मलेखु सडकखण्ड १५ दिनका लागि रातिको समयमा बन्द हुने - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

नौबिसे-मलेखु सडकखण्ड १५ दिनका लागि रातिको समयमा बन्द हुने

चितवन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडकखण्ड असार २६ गतेदेखि राति बन्द हुने भएको छ।

पृथ्वी राजमार्गको नौबिसे-मलेखु सडकखण्ड बुधबारदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने भएको छ। पुल निर्माणमा सहजताका लागि राति १० बजेदेखि बिहान ३ बजेसम्म सडकखण्ड बन्द हुने भएको हो।

Nepal Himalayas Tours and Travel

नागढुङ्गा-मुग्लिन सडक आयोजना पूर्व खण्डले मंगलबार एक सूचना जारी गर्दै राति १० बजेदेखि बिहान ३ बजेसम्म सडकखण्डमा आवतजावतमा रोक लगाउने घोषणा गरेको छ।

गणेश, दाङडुङ, खेस्ते र पोखरा नदीमा पुल निर्माणमा सहजताका लागि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ ।
निर्माण कार्यस्थल नजिक हुने सक्ने सम्भावित सवारी चापलाई मध्यनजर गरी राजमार्गका उपयुक्त स्थानमा सवारीसाधन रोकी व्यवस्थापन गर्न पनि अनुरोध गरिने बताइएको छ।

मंगलबार बसेको सरोकारवालाहरूको बैठकले रातिको समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गरिने निर्णय गरेको छ । सवारी बन्द गरेर काम गर्दा यात्रुलाई समस्या हुने भएकाले दिउँसो मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।

सडक प्रयोगकर्ताको जोखिम र सम्भावित ट्राफिक जामका कारण सवारी आवागमनमा रोक लगाइएको कार्यालयले जनाएको छ ।

आयोजनाले काठमाडौं जाने सवारीसाधनले वैकल्पिक मार्गका रूपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न सक्ने बताएको छ ।

यसअघि धादिङ जिल्लाको धुनिबेसी नगरपालिका–७ स्थित नौबिसे खोलामाथिको पुल निर्माणका लागि त्रिभुवन राजमार्गको नागढुंगा–नौबिसे सडक दुई दिन राति बन्द गरिएको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button