२० कार्तिक २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
रास्वपाको केन्द्रीय समितिको बैठकले मुकुल ढकाललाई पद मुक्त गर्दै साधारण सदस्य कायम - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसूचना / प्रबिधि

रास्वपाको केन्द्रीय समितिको बैठकले मुकुल ढकाललाई पद मुक्त गर्दै साधारण सदस्य कायम

काठमाडौँ। रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले विवादास्पद मुकुल ढकाललाई पद मुक्त गरेको छ।

उक्त बैठकको निर्णय अनुसार महामन्त्री ढकाललाई पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पद मुक्त गर्ने निर्णय गरेको हो। यसअघि बैठकमा पार्टीको अनुशासन आयोगले ढकाललाई साधारण सदस्य रहनेगरी कारबाही गर्न सिफारिस गरेको थियो ।

Nepal Himalayas Tours and Travel
राष्ट्रिय स्वतन्त्र पार्टीले आज दिउसो केन्द्रीय समितिको बैठक पश्चात विज्ञप्ति जारि गर्दै उक्त निर्णय लिएको घोषणा गरेको हो। विज्ञप्तिको दोस्रो निर्णय अनुसार केन्द्रीय समितिले गरेको निज उपर निर्णय चित्त नबुझेमा पार्टी विधानको धारा ५७ बमोजिम ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिन सक्ने निर्णय समेत समाबेस गरेको छ।

अनुशासन आयोगले पनि उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेपछि केन्द्रीय समितिको बैठकले पनि सोही निर्णय गरेको हो । यसअघि गत साता ढकाललाई पार्टीले एक साताको लागि निलम्बन गरेको थियो ।

बैठकपछि नेता मनिष झाले संचारकर्मीलाई भने, ‘अभद्र, अमर्यादित, अशोभनीय र पार्टी हित विपरित काम गरेकोमा पार्टी अनुशासन विभागले गरेको सिफारिस बमोजिम कारबाहीको निर्णय गरिएको छ ।”

ढकाललाई पार्टी निर्णयमा चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्ने मौका दिइएको झाले बताए । यसअघि केन्द्रीय समिति बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको थियो ।

बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीकोविरुद्ध गतिविधि गरेको भन्दै उनी निलम्बनमा परेका थिए ।

सम्पूर्ण निर्णय विस्तृत रुपमा यस्तो रहेको छ :

विक्रम संवत् २०८१ असार २५ गते
नेपाल संवत् ११४४ दिल्लाथ्व तृतिया
विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले देहायका निर्णय गरेको सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।
१. मिति २०८१ असार १९ गतेको केन्द्रीय समितिको बैठकले पार्टी अनुशासन विपरित अभद्र, अशोभनीय, अमर्यादित, अनुशासनहीन र पार्टी हित विपरीत अराजनीतिक व्यवहार प्रदर्शन गरेको सन्दर्भमा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन दिएको निर्देशन बमोजिम केन्द्रीय अनुशासन आयोगबाट मिति २०८१ असार २३ गते प्राप्त प्रतिवेदन उपर केन्द्रीय समितिमा गहन छलफल भयो । केन्द्रीय समितिमा भएको छलफलका आधारमा निजबाट पार्टीको आचारसंहिताको दफा ४(१) को (क), (ख), (च), (प), र (फ) एवं दफा ४(२) (ख), दफा ५ (क) र (ख), दफा ६ (क) र (ख) र दफा ९ (क),(ख), (ग) र (घ) समेत उल्लंघन भएको ठहर तथा सोबाट पार्टीलाई पुगेको क्षति समेतलाई विश्लेषण गर्दै केन्द्रीय अनुशासन आयोगको निजलाई पार्टीको साधारण सदस्य नरहने र भविष्यमा सदस्य समेत बन्न रोक लगाउने गरी हदैसम्मको कारवाही गर्नुपर्ने भन्ने सिफारिसलाई समेत ध्यानमा राखी निजलाई पार्टी विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पद मुक्त गर्ने ।
२. केन्द्रीय समितिले गरेको निज उपर निर्णय चित्त नबुझेमा पार्टी विधानको धारा ५७ बमोजिम ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिन सक्ने ।
मनिष झा
कार्यवाहक प्रवक्ता

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button