४ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भारतको जम्मु-कश्मीरको हमलामा कम्तीमा पाँच सैनिक मारिए
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

भारतको जम्मु-कश्मीरको हमलामा कम्तीमा पाँच सैनिक मारिए

एजेन्सी । भारतको उत्तरी राज्य जम्मु-कश्मीरको कठुआमा सोमबार भएको चरमपन्थी हमलामा कम्तीमा ५ जना भारतीय सैनिक मारिएका छन् ।

सोमबार जम्मु-कश्मीरको कठुआ जिल्लामा सर्च अपरेशनमा रहेको सेनाको गाडीमा चमपन्थीले हमला बोलेका थिए । उच्च सुरक्षा सतर्कता र हमलाको सम्भावनाबारेको सूचनाबीच एक महिनायताकै ठूलो आक्रमण भएको हो ।

Nepal Himalayas Tours and Travel

हिजबुल मुजाहिदिनका नेता बुरहान वानीको वार्षिकीको मौकामा हमला हुन सक्ने सूचना थियो । कठुआमा पनि उच्च सुरक्षा सतर्कता थियो । तर चरमपन्थी हमला गर्न सफल भएका छन् ।

जासुसी संयन्त्रबाट लगातार आइरहेको सूचनापछि सैनिक स्कुल पनि सोमबारलाई छुट्टी दिइएको थियो । स्कुल ग्रीष्मकालीन बिदापछि सोमबारदेखि खुल्ने तालिका थियो । सुरक्षाबलको गाडीलाई चरमपन्थीहरूले पहिरो झरेको सडकमा निशाना बनाएका हुन् ।

सुरक्षाबलको गाडीमा ग्रिनेड हानिएपछि सेनाका जवानले जवाफी फायरिङ थालेका थिए । त्यसपछि मुठभेट चलिरह्यो । हमलाको जानकारी मिलेपछि थप सुरक्षा बल पनि घटनास्थलमा पुगेको थियो ।

जम्मु-कश्मीरको चरमपन्थी हमला
जम्मु-कश्मीरको चरमपन्थी हमला

भिडन्तका क्रममा कम्तीमा पनि ५ भारतीय सैनिक मारिएको पुष्टि रक्षामन्त्री राजनाथ सिंहले गरेका छन् । उनले घटनालाई लिएर दु:ख पनि व्यक्त गरेका छन् । ‘कठुआको बदनोटामा एक आतंकवादी हमलामा हाम्रा पाँच बहादुर सैनिकको निधनप्रति मलाई दु:ख लागेको छ’, उनले भनेका छन् । उनले शोक सन्तप्त परिवारप्रति गह‍िरो समवेदना प्रकट गर्दै यो कठिन घडीमा देश उनीहरूको साथमा रहेको बताएका छन् । उनले आतंकवाद विरोधी अभियान जारी रहने बताउँदै जम्मु-कश्मिरमा शान्ति व्यवस्था कायम गरिरहन भारतीय सैनिक प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

सोमबार जम्मु-कश्मीरको कठुआ जिल्लामा भारतीय सेनाको बहामा धावा बोलिएको थियो । जसमा पाँच सैनिकले ज्यान गुमाएपछि अहिले सर्च अभियान तीव्र बनाइएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button