२० आश्विन २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
झापाको एउटै विद्यालयमा पाँच जोडी जुम्ल्याहा विद्यार्थी, शिक्षकसँग फरक खालको अनुभव - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)कोशी प्रदेश (प्रदेश-१)ताजा समाचारदेशशिक्षासफलताको कथासूचना / प्रबिधिस्थानीय तह

झापाको एउटै विद्यालयमा पाँच जोडी जुम्ल्याहा विद्यार्थी, शिक्षकसँग फरक खालको अनुभव

झापा। झापाको मेचीनगर -१४ दुहागढीमा रहेको बाल सुबोधिनी माध्यमिक विद्यालयमा ५ जना जुम्ल्याहा विद्यार्थीहरु पढ्ने गरेका छन्।

विद्यालयका प्रधानाध्यापक विश्व थापाका अनुसार अहिले त्यस विद्यालयमा फरक-फरक कक्षामा पाँच जोडी जुम्ल्याहा विद्यार्थी अध्ययले बिद्यालयको गौरब बढाएको बताउछन् ।

झापाको मेचीनगर -१४ दुहागढीमा रहेको बाल सुबोधिनी माध्यमिक विद्यालय विभिन्न रचनात्मक कामले निकै चर्चामा छ । त्यस विद्यालयमा हरेक दिन फरक फरक र नयाँ कामको शुरु हुन्छ । त्यसकारण पनि प्रत्येक दिन जिल्लाभित्रका हुन् या बाहिरका अन्य विद्यालयहरु बाल सुबोधिनीको सफल सिकाई अध्ययन गर्न आउने गरेका छन् ।

Nepal Himalayas Tours and Travel

त्यस विद्यालयका शिक्षक शिक्षिकाहरुको सामूहिक नृत्यले होस् वा विद्यार्थीहरुले विद्यालय परिसरमा लगाएको मौसम अनुसारको खेती अनि दिवा खाजाका रुपमा कहिले सिमल तरुल र सुठुनीदेखि तिलका लड्डु होस् वा खीर अनि असार १५ मा खान दही चिउरा, केरा, र कटहर तथा सामुदायिक विद्यालय भएपनि परीक्षाको परिणाम र पोशाकले निजीभन्दा कम नरहेको थुप्रै विषयले बाल सुबोधिनी माध्यमिक विद्यालय चर्चामा छ ।

उक्त बिद्यालयमा पाँच जोडी जुम्ल्याहा अध्ययनरत विद्यार्थीहरुमध्ये निशान घिमिरे र निर्जल घिमिरे, गंगा डाँगी र लक्ष्मण डाँगी तथा गंगा घिमिरे र जमुना घिमिरेगरी तीन जोडी कक्षा ७ को अंग्रेजी माध्यमको सेक्सन ‘बी’ मा अध्ययनरत छन् । निशान र निर्जल दाजुभाइ हुन् । गंगा र लक्ष्मण दिदीभाइ, गंगा र जमुना दिदीबहिनी हुन् ।

आइसा र फिरोजा दिदीबहिनी हुन् । उनीहरु नेपाली माध्यमको कक्षा ६ सेक्सन ‘ए’ मा अध्ययनरत छन । त्यसैगरी, कक्षा १ मा अध्ययनरत गंगा र जमुना पनि दिदीबहिनी हुन् । यी पाँचै जोडीको रुचि प्रायः समान छ । पढाईसँगै खेलकुदमा समेत उनीहरुको रुचि रहेको प्रधानाध्यापक थापा बताउँछन् । ‘ उनीहरुको हाउभाउ चालचलन सवैको एकै प्रकारको भए पनि शिक्षण सिकाईमा समान छैन’ प्रधानाध्यापक थापाले भने ,‘कोही अब्बल छन् त कोही थोरै कमजोर छन् तर, अन्य विद्यार्थीहरुको तुलनामा चाँहि नतिजा उत्कृष्ट नै छ ।’ जोडीमध्ये कोही एकजना विद्यालय नआउने भएमा दुवैजना आउँदैनन् ।

जुम्ल्याहा जन्म आफैंमा दुर्लभ जन्म भएको बताउँदै प्रिन्सिपल विश्व थापाले जुम्ल्याहा विद्यार्थीको आफ्नो विद्यालयको गौरव भएको बताउँछन्। विद्यालयमा सँगै बस्ने, हिडडुल गर्ने खाजा समेत सँगै खाने गर्ने गरेको प्रधानाध्यापक थापा बताउँछन् ।

उनीहरुको मूल्याङ्कन गर्ने क्रममा समेत शिक्षकलाई गाह्रो हुन्छ । शिक्षकलाई नाम थाहा भए पनि कुन विद्यार्थी हो भन्ने थाहा हुन गाह्रो हुने हुँदा उनीहरुलाई नाम भनेर उठाइन्छ र चिन्ने गरिन्छ ।

जुम्ल्याहा विद्यार्थी अध्यापन गराउँदै आएका शिक्षकसँग पनि फरक खालको अनुभव छ । जुम्ल्याहा विद्यार्थी एउटै कक्षामा रहेकाले उनीहरुमा सहकार्य प्रतिस्पर्धाको भावना रहेको र विद्यार्थीलाई अध्यापन गराउने क्रममा शिक्षक अनुहारमा एकरुपता भएकाले कहिलेकाहीं झुक्किने गरे पनि जुम्ल्याहा जोडीसँग व्यवहार गर्न सजिलो हुने गरेको विद्यालयका शिक्षक बताउँछन् । अन्य विद्यालयबाट अध्ययन अवलोकनका लागि आउने जो कोहीका लागि सबैभन्दा पहिला यी जुम्ल्याहा विद्यार्थी नै रोजाईमा छन् । उनीहरु जो कोहीसँग पनि खुलेरै बोल्छन् ।

पाँच जोडी जुम्ल्याहा विद्यार्थी

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button