४ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
झापामा एक महिलाको हत्या,संकास्पद श्रीमान फरार - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)कोशी प्रदेश (प्रदेश-१)ताजा समाचारदेशबिचित्रसुरक्षा/अपराधस्थानीय तह

झापामा एक महिलाको हत्या,संकास्पद श्रीमान फरार

झापा । झापामा एक महिलाको फलामे हम्मर प्रहार हत्या भएको छ ।

झापा गाउँपालिका–३ कामाटोली निवासी अन्दाजी २७ वर्षीया अनिशाकुमारी गणेशको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । अनिशाको टाउको फलामे हम्मर प्रहार गरी हत्या गरिएको उनले बताए।

Nepal Himalayas Tours and Travel

अनिशाको हत्या उनकै श्रीमान् सतिशले गरेको हुन सक्ने स्थानीयले प्रहरीलाई बयान दिएका छन् । दिउँसो पौने ४ बजे दुई छोरी विद्यालयबाट घर फर्किएपछि आमा कोठामा रक्ताम्मे अवस्थामा खाटमा लडेको देखेपछि तत्काल छरछिमेकलाई खबर गरेका थिए।

त्यसपछि प्रहरी टोली घटनास्थल पुगेका थिए । घटना शुक्रबार साँझ अन्दाजी १२-१ बजेको समयमा भएको हुन सक्ने स्थानिय ले बताएका छन् । सोही बेला सतिशलाई स्थानीयले घर आसपास देखेका बताएका छन् ।

सँगै एउटै घरमा बस्दै आएपनि अनिशा र सतिशबीच सम्बन्ध राम्रो थिएन । सतिशले पहिला पनि श्रीमतीलाई कुटपिट गर्दै आइरहेका थिए । उनीहरू सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगिसकेको र पटक पटक गाउँ छिमेकीमा सो विषयमा छलफल समेत भइसकेको स्थानीयले बताएका छन् ।


उनीहरू सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगिसकेको र पटक पटक गाउँ छिमेकीमा सो विषयमा छलफल समेत भइसकेको स्थानीयले बताएका छन्। अनिशाको माइती घर झापा गाउँपालिका–७ पर्छ। यता प्रहरीका अनुसार घटनापश्चात् सतिश फरार रहेको र उनको खोजी कार्य भइरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयको टोलीले शवको मुचुल्का उठाइरहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button