१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
काठमाडौँ उपत्यका लगायत सबै प्रदेशमा निरन्तर वर्षा, सतर्क रहन आग्रह - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसाहित्य/ सिर्जनासूचना / प्रबिधिस्थानीय तह

काठमाडौँ उपत्यका लगायत सबै प्रदेशमा निरन्तर वर्षा, सतर्क रहन आग्रह

काठमाडौं। देशका धेरै स्थानमा रातिदेखि नै मनसुनी वर्षा भइरहेको छ।

गण्डकी र लुम्बिनीका धेरै स्थानमा १५० मिलिमिटरसम्म वर्षा भएको छ। पाल्पाको कुमाल गाउँमा सबैभन्दा धरै २७८ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौंको लेलेमा १२४ मिलिमिटर वर्षा भएको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। लगातारको वर्षासँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागको नदी तटीय क्षेत्रमा पानीको बहाव बढेको छ।

Nepal Himalayas Tours and Travel

हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। मधेस र कर्णाली प्रदेशका एक-दुई स्थानमा, कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

‘मनसुन न्यूनचापीय रेखा नेपालको सरदर स्थानभन्दा पूर्वतर्फ सरेको छ। सोही कारण विगत एक साताको तुलनामा केही दिनदेखि वर्षा निरन्तर भइरहेको छ। आगामी केही दिन वर्षा निरन्तर हुने देखिन्छ। कतिपय स्थानमा भारी वर्षाको सम्भावना छ’, मौसमविद् महर्जनले भनिन्।

त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । काठमाडौं उपत्यका भएर बहने बागमती नदीमा पनि पानीको सतहले खतराको तह पार गरेको छ। आज सबै प्रदेशका धेरै स्थानमा दिनभरजसो मेघगर्जन र चट्याङसहित हल्कादेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारीदेखि अति वर्षाको पनि सम्भावना छ । महाशाखाले भोलिसम्म देशका विभिन्न ठाउँमा बाढी पहिरोको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले अझै केही दिन निरन्तर वर्षाको सम्भावना रहने जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button