११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सुन गाल्ने मेसिन र ५० लाख नगदसहित ५ जना पक्राउ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

सुन गाल्ने मेसिन र ५० लाख नगदसहित ५ जना पक्राउ

ललितपुर । अबैध सुन कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर, ललितपुरले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीले असार २० गते महालक्ष्मीस्थानमा निर्माणाधीन घरमा छापा मार्दा शंकास्पद कारोबार गरेको देखिएकाले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ। प्रहरीले सुन गाल्ने मशिन, डिजिटल र ५० लाख चार हजार रुपैयाँ समेत बरामद गरेको छ।

Nepal Himalayas Tours and Travel

पक्राउ पर्नेहरूमा तीन जना भारतीय नागरिक र दुई जना नेपाली छन्। छापा मारेको घरको तेस्रो तल्ला भारतको महाराष्ट्रका युवराज विभूतेले भाडामा लिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पक्राउ पर्नेमा २८ वर्षीय विभूते सहित भारतीय नागरिक २० वर्षीय विक्रम यलवर र १८ वर्षीय अभिशेष विभूते छन्। त्यस्तै, भक्तपुरका सिद्धान्त चौलागाईं र ललितपुरका यसवन्त सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले चेकबूक, ब्यांकमा नगद जम्मा गरेको भौचर समेत बरामद गरेको छ। सुन गाल्ने मशिन नै भेटिएकाले यस समूहले संगठित रूपमा अवैध सुनको कारोबार गरेको प्रहरीको आशंका छ।

उनीहरूको साथबाट बरामद सामानहरू

१. सुन जस्तो देखिने पहेलो धातु १६९.९७० ग्राम

२. चाँदी जस्तो देखिने धातु २४७.२५० ग्राम

३. डिजिटल तराजु- १

४. विभिन्न कम्पनीका मोबाइल- ७

५. हार्ड डिस्क- १

६. सिमकार्ड, चेकबुक , तथा बैंकमा नगद जम्मा गरेको भौचर

७. नेपाली रुपैयाँ ५०,०४,७३० ( पचासलाख चार हजार सातसय तीस रुपैयाँ)

८. सुन पगाल्ने मेसिन-१

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button