७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
चितवनमा आफ्नै सुनचाँदी पसल चोरी गर्ने सञ्चालकसहित ५ जना पक्राउ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रसुरक्षा/अपराधस्थानीय तह

चितवनमा आफ्नै सुनचाँदी पसल चोरी गर्ने सञ्चालकसहित ५ जना पक्राउ

कालिका नगरपालि, चितवन। चितवनमा आफ्नै सुनचाँदी पसल चोरी गरेको आरोपमा पसल सञ्चालकसहित ५ जना पक्राउ परेका छन् ।
पूर्वी चितवनको कालिका नगरपालिका ६ स्थित खोलेसिमल बजारमा असार १ गते राती हतियार देखाएर सुनचाँदी पसल चोरी भएको थियो।

Nepal Himalayas Tours and Travel

जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनले खोलेसिमल बजारमा तेजप्रसाद खनालको घरको पहिलो तल्लामा विनोद सुनारले सञ्चालन गर्दै आएको विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा सञ्चालकसहित पाँच जना पक्राउ गरेको छ ।

उक्त सुनचाँदी पसल चोरी मा संलग्नताको आरोपमा प्रहरीले पसल सञ्चालक विनोद सुनार, विजय विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवन पासवान र अञ्जना पुडासैनी केसी पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जानकारी दिएको छ ।

सञ्चालक सुनारले झुटो चोरी तथा लुटपाट गर्ने योजना बनाई बिमा रकम ठगी गरी फाइदा लिने मनसायले लुटपाट गर्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ । विभिन्न व्यक्तिहरुबाट लिएको ऋण रकमहरु चोरी भएको देखाई सुनारले जालसाजी गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले उनलाई घटनाको मुख्य योजनाकार भनेको छ । विजय उक्त सुनचाँदी पसलका म्यानेजर हुन् भने पसलमा १ असारमा पूर्णबहादुर र पवन पासवानले चोरी गरेका प्रहरीको भनाइ छ । अन्जना भने विनोदका साथी हुन् र उनले चोरी गरेका गहना लुकाउन सहयोग गरेको पाइएको प्रवक्ता बोगटीले जानकारी दिए ।

विनोद सुनारले लुटपाटको लागि पूर्णबहादुर विश्वकर्मालाई ठेक्का दिएको भन्ने खुल्न आएको छ। उक्त पूर्णबहादुर विश्वकर्मा र पवनकुमार पासवानले राति ८ः२० बजेको समयमा मोटरसाइकलमा आई लुटपाट गरेको र पसलका मेनेजर विजय विश्वकर्माले चोरी गर्न आउनेलाई सहयोग गरेको प्रहरी अनुसन्धानले देखाएको छ । ३५ केजी चाँदी, र नगद २ लाख रुपैंया चोरी भएको छ ।

त्यस दिन मोटरसाइकल चढेर पसलमा आएका दुई जनाले खुकुरी र चक्कु देखाएर पसलभित्र राखिएको साडे २ तोला सुन ३५ केजी चाँदी, र नगद २ लाख रुपैंया अर्थात् २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुनचाँदी, हिराको विभिन्न डिजाइनका गहना चोरी गरेका थियो ।

असार १ गते चोरी कसरि भएको थियो थप पढ्नुहोस :

चितवनको खोलेसिमलमा सुन पसलबाट ३ किलो सुन र ३५ केजी चाँदी लुटपाट

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button