२० आश्विन २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
घनश्याम भुसाल : नीति एउटा पारित हुने तर नेतृत्व अर्को आउने प्रवृत्ति गलत - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोण

घनश्याम भुसाल : नीति एउटा पारित हुने तर नेतृत्व अर्को आउने प्रवृत्ति गलत

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नीति एउटा पारित हुने तर नेतृत्व अर्को आउने प्रवृत्तिले कम्युनिष्ट पार्टीमा दुर्घटना हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको महाधिवेशन तयारीबारे जानकारी दिनका लागि  आयोजित पत्रकार सम्मेलनमा उनले नीति एउटा पारित हुने तर नेतृत्व अर्को आउने प्रवृत्तिले कम्युनिष्ट पार्टीमा दुर्घटना निम्त्याउनका साथै मुलुक नै अस्तव्यस्त भएको बताए ।

Nepal Himalayas Tours and Travel

उनले भने,‘दुनियाँलाई थाहा छ कि कम्युनिष्ट पार्टीमा एउटा दुर्घटना भयो । ‘नीति एउटा पारित भयो र नेतृत्व अर्को आयो जसको कारण कम्युनिष्ट पार्टीमा दुर्घटना भयो’, उनले भने, ‘त्यो असंगतिको कारणले गर्दा आज देशले क्षति व्यहोरिरहेको छ । अस्तव्यस्त छ भने त्यसकारणले छ ।’

उनले महाधिवेशनले समाजवादी पार्टीको दस्ताबेज पारित गर्ने मात्र नभई आगामी दशकौंसम्म नेपालको कम्युनिष्ट आन्दोलनलाई दिशा निर्देश गर्ने दाबी गरे ।

समाजवादी कार्यक्रम नै पार्टीको मुल मुद्दा रहेको उनको भनाइ छ । पार्टीले प्रतिनिधि सकेसम्म सर्वसम्मतिमा छानेको उनले जानकारी दिए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button