४ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
गुल्मी पहिरो अपडेट : हराइरहेका बुहारी र नातिनी पनि मृत फेला, मृतकको संख्या ५ पुग्यो
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

गुल्मी पहिरो अपडेट : हराइरहेका बुहारी र नातिनी पनि मृत फेला, मृतकको संख्या ५ पुग्यो

गुल्मी । गुल्मीमा पहिरोले शुक्रबार राति घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ।

मालिका गाउँपालिका-६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली र नातिनी विपनाको मात्र शव फेला परेको थियो। बुहारी सीता र नातिनी सपनाको हराएकी थिए। तर पछिल्लो विवरण अनुसार ५ जना नै मृत भेटिएका छन्।

Nepal Himalayas Tours and Travel

पहिरोले भेषबहादुरको ढुंगामाटोले बनेको दुई तले घर पुरेको थियो । घर पहिरोले पुिरएको बिहान ७ बजे मात्रै जानकारी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका २ जना पनि मृत भेटिएका छन्।

भुजेलका अनुसार पाँचैजनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ। घटनापछि सदरमुकाम तम्घासबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलमा गएको थियो ।

सदरमुकाम तम्घासबाट पनि नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। गयराती परेको पानीले जिल्लाका अन्य स्थानमा पनि गएका पहिरोले कच्ची बाटोहरु प्रभावित भएका छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button