२ आश्विन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
‘द डार्क फाइल’को ‘फेक’ अडिओ प्रकरणमा तीन जनाविरुद्ध अर्को मुद्दा दर्ता, अध्यक्ष र सम्पादक ‘फरार’ - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारविचार दृष्टिकोणसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

‘द डार्क फाइल’को ‘फेक’ अडिओ प्रकरणमा तीन जनाविरुद्ध अर्को मुद्दा दर्ता, अध्यक्ष र सम्पादक ‘फरार’

काठमाण्डु । ‘द डार्क फाइल’ नाम दिएको ‘फेक अडियो’ प्रकरणमा तीन जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

सिधाकुरा डटकम अध्यक्ष कँडेल, कार्यकारी सम्पादक ढुंगाना र राजकुमार तिमल्सिनाविरुद्ध अपमानजनक व्यवहार सम्बन्धी कसुरमा ‘द डार्क फाइल’ प्रकरणमा मुद्दा दर्ता भएको हो ।

Nepal Himalayas Tours and Travel

उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको र अपमानजनक व्यवहार सम्बन्धी कसुरमा तीनै जनालाई फरार सूचीमा राखेर अदालतमा मुद्दा दर्ता भएको हो ।

सर्वोच्च अदालतको आदेशपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिधाकुराले प्रसारण गरेको डार्कफाइल अडिओको अनुसन्धान गर्दा नक्कली रहेको पुष्टि भएको थियो । फेक भएको प्रमाणसहितको प्रतिवेदन प्रहरीले बुझाएपछि त्यसैका आधारमा मुद्दा दर्ता गरिएको थियो ।

‘चारसय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ शीर्षकमा प्रसारित अडिओ फेक भएको पुष्टि भएपछि तीन प्रतिवादीले सर्वोच्च अदालत र न्यायाधीशको मान प्रतिष्ठामा आँच पुर्‍याइ अदालतप्रति नै भ्रम उत्पन्न गराई घृणा वा द्वेष फैल्याउने कार्य गरेको दाबीसहित अभियोग पत्र दर्ता गरिएको हो ।

नक्कली अडियो बनाएर विद्युतीय कारोबार ऐन, अन्तर्गतको कसुर गरेको, सर्वोच्च अदालत तथा न्यायाधीश र अन्य संलग्न भनिएका व्यक्तिलाई फैसलासँग जोडी गलत भिडिओ क्लिप तयार पारी प्रसारण गरेर अपमानजनक कार्य गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था कानुनमा छ।

यी तीन प्रतिवादीविरुद्ध सर्वोच्च अदालतमा पनि मानहानिको मुद्दा विचाराधीन छ। उक्त मुद्दा ९ न्यायाधीशको इजलासमा पेस हुने भएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button