१० चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पशुपति सेभिङका सञ्चालकहरुविरुद्ध ५७ करोडको उजुरी सीआईबीमा - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

पशुपति सेभिङका सञ्चालकहरुविरुद्ध ५७ करोडको उजुरी सीआईबीमा

काठमाडौँ । पशुपति सेभिङ एन्ड क्रेडिटका सञ्चालकहरु विरुद्ध बचतकर्ताले सीआईबीमा जाहेरी दर्ता गराइरहेका छन् ।

ललितपुरमा मुख्य कार्यालय भएको पशुपतिका पूर्व अध्यक्ष सीबी लामा अहिले कारागारमा छन् । उनलाई कारागारबाट झिकाएर अनुसन्धान गरिने सीआईबीका एसपी होबिन्द्र बोगटीले बताए ।

Nepal Himalayas Tours and Travel

आफ्नो बचत फिर्ता नपाएको भन्दै २६७ जना बचतकर्ताले पशुपति सेभिङका सञ्चालकहरुबिरुद्ध जाहेरी दर्ता गराएका छन् । अहिलेसम्मको अनुसन्धानबाट सीबी लामा सहितका सञ्चालकहरूले ५७ करोड रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको एसपी बोगटीले जानकारी दिए ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पशुपति सेभिङ एन्ड क्रेडिटका ५४ जना बचतकर्ताले निवेदन दिएका छन् । जाहेरी आउने क्रम जारी रहेको एसपी बोगटीले जानकारी दिए ।

संकटमा परेको थाहा पाएपछि मुद्दती निक्षेपका रूपमा जम्मा गरेको रकम फिर्ता माग्दै ती महिला पटक–पटक सहकारी धाइन्, तर पैसा पाइनन् ।

सीआईबीका अनुसार सहकारीले चितवनको पिठुवामा रहेको प्लटिङको जग्गा दिने भनेर धेरै बचतकर्तालाई आश्वासन दिएको पाइएको छ । तर, बचतकर्ताले जम्मा गरेको रकमभन्दा बढी जग्गाको मूल्यांकन गरेपछि केही बचतकर्ता पछि हटेको देखिन्छ । केही बचतकर्तालाई भने सहकारीले कौडीको भाउका जग्गा भिडाएको पाइएको प्रहरीले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button