२७ मंसिर २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
गोकुल बास्कोटा : किसानलाई रुवाएर सरकार हाँसेर बस्‍न मिल्दैन - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारविचार दृष्टिकोणसूचना / प्रबिधिस्थानीय तह

गोकुल बास्कोटा : किसानलाई रुवाएर सरकार हाँसेर बस्‍न मिल्दैन

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले दूध बेचेर जीविकोपार्जन गर्ने किसानहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बास्कोटाले सरकार पटक पटक परिवर्तन हुँदा पनि वर्षौं देखिएको दुग्ध किसानहरूको समस्या समाधान नभएको भन्दै उनीहरूको समस्या  दीर्घकालीन रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Nepal Himalayas Tours and Travel

किसानहरूको ५ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी बाँकी रहेको अवस्थामा किसानलाई रुवाएर सरकार हाँसेर बस्न नमिल्ने उनले बताए ।
दुग्ध किसानका बारेमा प्रधानमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । बास्कोटाले धुलो दूध बाहिरबाट ल्याएर स्वदेशी किसानलाई मर्कामा पार्ने काम भएको भन्दै आपत्ति जनाए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button