११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
झापाकाे मेचीनगरमा मृत हात्ती फेला, थप अनुसन्धान हुदै - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रसुरक्षा/अपराधस्थानीय तह

झापाकाे मेचीनगरमा मृत हात्ती फेला, थप अनुसन्धान हुदै

झापा । मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा मृत हात्ती फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार धरधरे टोल सुकेनिन्दा खोला किनारमा मत्ता (भाले) हात्ती मृत फेला परेको हो ।

Nepal Himalayas Tours and Travel

स्थानीवासीले खोलामा मरेको हात्ती देख्नेबित्तिकै जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । उक्त खबर प्राप्त हुनासाथ डिभिजन वन कार्यालयको संयुक्त टोली खोलाकिनारमा पुगेको थियो।

स्थानीयका अनुसार भाले हात्ती मृत फेला परेको र शरीरमा देखिने कुनै प्रकारको चोटपटक लागेको छैन्। हात्ती के कारण मरेको भन्ने खुल्न नसकेको बताइएको छ। विद्युतीय धराप लाग्दा हात्ती सोही ठाउँमा नै मर्ने भएकाले विद्युतीय धरापमा परेकोजस्तो नदेखिएको तर फुड पोइजनिङका कारण हात्ती मरेको हुनसक्ने डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठकले जानकारी दिए।

केही दिन देखि यस क्षेत्रमा ३० देखि ४० वटासम्मको सङ्ख्यामा हात्तीहरू ओहोरदोहोर गर्दै आएका थिए । भारतीय जङ्गलबाट नेपालतर्फ आउने र फर्कने क्रम दिनहुँ जसो हुने गरेको मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष समेत रहनु भएका मानव हात्ती द्वन्द्व न्यूनीकरणमा क्रियाशील अर्जुन कार्कीले बताउनु भयो ।

दुई महिना अघि पनि मेचीनगर नगरपालिका– १२ स्थित कालीका सामुदायिक वनभित्र दारा काटिएको अवस्थामा मृत हात्ती फेला परेको थियो । तस्करहरूले दारा झिक्न हात्ती मारेको तर विस्तृत अध्ययन नगरी पुरिएको भन्दै हात्ती संरक्षणकर्मीहरुले विरोध जनाएपछि पुरिएको हात्ती पुन झिकेर आवश्यक अनुसन्धान गरिएको बताइन्छ ।

झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोली आउँदै गरेकाे जानकारी दिनुभयो।

साथै जिल्लाका विभिन्न पालिकामा अहिलेसम्म २० वटा हात्ती विभिन्न कारणले मरिसकेका छन्। धेरैजसो हात्ती विद्युतीय तार बारमा परेर मरेको बताइन्छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button