१० चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
मामाले बनाए भान्जा लुट्ने योजना, प्रहरीसमेत मिलेर दुई करोड लुटपाट - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

मामाले बनाए भान्जा लुट्ने योजना, प्रहरीसमेत मिलेर दुई करोड लुटपाट

काठमाडौँ। भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित डिल्ली बहादुर राउत(भान्जा)को घरमा आफ्नै मामाको योजनामा घर लुटपाट भएको छ।

मामा कुलबहादुरले साथी र प्रहरीको समेत प्रयोग गरेर आफ्नै भाञ्जाको घरबाट करोडौंलुटपाट गरेका छन् ।
पिडित पक्षले भने ,”अपरिचित व्यक्‍तिहरू घरमा आएर आफूहरू सिबिआईको प्रहरी हौं भनेर चिनाए। उनीहरूमध्ये एक जनाले नेपाल प्रहरीकै हवल्दार पदको कार्ड समेत देखाएका थिए।”

Nepal Himalayas Tours and Travel

भाञ्जाको घर लुटपाटको योजना बनाएका मामा पर्ने अहिले फरार छन् भने उनको योजनामा लुटपाटमा जुटेका अरु सबैजना प्रहरीको फन्दामा परिसकेका छन् । उक्त डाँका चोरी तथा लुटपाटमा संलग्न प्रहरीसहित चार जना लाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ घर भएका ३१ वर्षीय भिम बहादुर तामाङ तथा काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ घर भएका ३० वर्षीय सुजन रसाईली, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ घर भई काठमाडौं महाराजगंज बस्ने ३८ वर्षीय कृष्ण बहादुर बोहोरा र ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–३ घर भई ललितपुर इमाडोल बस्ने ३६ वर्षीय मुना राज राई रहेका छन् । काठमाडौं महाराजगंज बस्ने ३८ वर्षीय कृष्ण बहादुर बोहोरा प्रहरी हवल्दार हुन् ।

राउतको घरबाट असार ४ गते करिब २ करोड रूपैयाँ चोरी तथा लुटपाटभएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

राउतका मामा कुल बहादुर खत्रीले आफ्नो चिनजानका सुजन रसाईलीलाई राउतको घर निगरानी गर्न लगाई लुटपाट गर्ने योजनासहित रसाईली समेत ४ जना राउतको घरमा गई सिआईबीको प्रहरी हौँ भन्दै प्रहरीको परिचयपत्र र खुकुरी देखाई उक्त रकम लुटी भिम बहादुरको घर कोठामा गएर ५ जनाले बाँडफाड गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरी हवल्दार बोहोराले ३० लाख, अन्य तीन जनाले २०-२० लाख र योजनाकार कुलबहादुरले बाँकी रकम लगेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। यद्यपि यसबारे थप अनुसन्धानपछि अन्य कुरा खुल्ने प्रहरीले जनाएको छ।

उनीहरूबाट प्रहरीले नगद ३६ लाख ३६ हजार रूपैयाँ र घटनामा प्रयोग भएको बा.प्र.०२–०३३ प ६१७४ र बा.प्र.०२–०४० प ५५३८ नम्बरको मोटरसाइकल, मोबाईल १० थान, रकम बोक्न प्रयोग गरेको झोला २ थान, लुटपाट गर्दा लगाएका कपडाहरू तथा जुत्ता ३ जोर र खुकुरी १ थान समेत बरामद गरेको छ ।

राउत(भान्जा)ले विदेश पठाउने काम गर्दे आएको र त्यसबाट प्रशस्त आम्दानी गर्ने थाहा पाएपछि उनका मामाले प्रहरी बनेर पैसा लुट्ने योजना बनाएका हुन् ।
योजनाकार मामा भने फरार रहेको एसएसपी सानुराम भट्टराईले बताए । उक्त घटनाको थप अनुसन्धान भने कार्यालय र प्रहरी परिसर भक्तपुरले गर्नेछ। उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० को चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button