११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, २० जनाको मृत्यु(तस्बिरहरु) - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारप्राविधिक समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराधसूचना / प्रबिधि

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, २० जनाको मृत्यु(तस्बिरहरु)

दक्षिण कोरियाको एक प्रख्यात ब्याट्री कारखानामा आगलागी भएको छ ।

त्यहाँका विभिन्न स्थानीय सञ्चार माध्यमका अनुसार उक्त आगलागीमा २० जना आप्रवासी कामदारको मृत्यु भएको पाइएको छ।

ह्वासङ सहरस्थित एरिसेल कम्पनीको कारखानामा आगलागी हुँदा १० भन्दा बडी कामदार घाइते भएका छन्। मृतक तथा घाइते सबैको राष्ट्रियता पहिचान भइनसकेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

Nepal Himalayas Tours and Travel

उक्त एरिसेल कम्पनीको कारखाना दक्षिण कोरियाको राजधानी सियोलबाट ४५ किलोमिटर टाढा रहेको छ। स्थानीय टेलिभिजन फुटेजले आगो निभाउने प्रयास गर्दा पनि कारखानामा सानो विष्फोट भएको देखाइएको छ । सो क्रममा कारखानाको छानाको एक भाग भत्किएको थियो ।
त्यहाँ ज्यान गुमाउनेमा अधिकांश चिनियाँ श्रमिक भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

दक्षिण कोरिया लिथियम ब्याट्रीको ठूलो आपूर्तिकर्ता हो र यहाँ बनाइएका ब्याट्रीहरू विद्युतीय सवारी साधन र इलेक्ट्रोनिक समान जस्तै ल्यापटपमा प्रयोग गरिन्छ । ह्वासेङको मेडिकल अथोरिटीका एक अधिकारीले यस दुर्घटनामा हालसम्म २० जनाको मृत्यु भएको र १० जना घाइते भएको बताएका छन् ।

दक्षिण कोरियास्थित नेपाली राजदूतावासकी श्रम काउन्सिलर चन्द्रकला वलीले उक्त घटनामा अहिलेसम्म प्राप्त जानकारी अनुसार कोही पनि नेपाली श्रमिकहरू नपरेको र कतिपय आप्रवासी हराइरहनु भएको कुरा उनले बताइन्। उद्धार कार्य जारी भएको कोरियाली अधिकारीहरूले जानकारी गराउनु भएको छ। हामी जानकारी लिइरहेका छौं।’

यस कारखानाको दोस्रो तल्लामा करिब ३० हजार भन्दा बडी ब्याट्री राखेर अन्य ठाउँमा पठाउनका लागि ती ब्याट्रीहरू प्याक गरिएको थियो।

ब्याट्रीमा कसरी आगो लाग्यो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । ब्याट्रीमा आगो लाग्दा कारखानामा करिब एक सय कर्मचारी काम गरिरहेका थिए । उक्त आगलागीबाट कतिको नोक्सान भएको भन्ने कुरा चाई आउन बाकी र थप अनुसन्धान भैरहेको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी
दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागीदक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी

 

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागीदक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी

 

photo source: internet

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button