४ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
मकवानपुरमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, चार बिरामी - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)कृषिताजा समाचारदेशबिचित्रमुख्य समाचारवाग्मती प्रदेशसूचना / प्रबिधिस्थानीय तहस्वास्थ्य

मकवानपुरमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, चार बिरामी

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन् ।

आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जङ्गलीच्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए। स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पुर्‍याएकामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। च्याउको तरकारी खाएका घरमुली ५५ वर्षीय दलबहादुरको आइतबार साँझ मृत्यु भएको मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितले जानकारी दिए ।

जङ्गली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन्। बलबहादुरको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Nepal Himalayas Tours and Travel

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button