काठमाडौँको नक्सालमा करिब ४७ बर्ष सडकमुनि छोपिएको भैरव खुला गराइयो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नक्सालमा सडकमुनि छोपिएको भैरवलाई गएको मंगलबारबाट खुला गराइएको छ ।
नक्साल भगवतीको मन्दिरबाट नागपोखरीतर्फ जाँदा मध्य भाग (कमलपोखरीबाट प्रहरी प्रधान कार्यालय जाने सडक) मा चार ढुङ्गे (त्यङ्ग ठां) मा सवारी साधन गुड्ने कालोपत्रे सडक मुनि कमलको आसनमा भैरवको स्वरुप शिवलिङ्ग खुला गरिएको हो । त्यहाँ भेटिएका सिक्का तथा चुरा अध्ययनका लागि वडाले सुरक्षामा लिएको छ ।
करिब ४७ बर्ष छोपिएको भैरव खुला पाउँदा स्थानीयहरुले हर्ष प्रकट गरेका छन् । उनीहरुमध्ये पाको उमेरका मानिसहरु भन्दै थिए, ‘बाल्यकालमा खेल्दा खेल्दै देखेका देवता यत्तिका बर्षपछि फेरि देख्न पाइयो । खुशी छौँ ।’ स्थान खुला गराउँदा उनीहरुले भैरवको जय, भन्दै सुखानुभूति प्रकट गरेका थिए ।
दुई शक्तिशाली व्यक्तिहरू बीचको युद्धको कथाका कारण यो ठाउँ धेरै पहिले स्थापना भएको स्थानीयहरूको विश्वास छ। त्यस समयको कुनै लिखित अभिलेख वा तस्विरहरू छैनन्, तर यो सम्भव छ कि यो ठाउँ निर्माण गर्न प्रयोग गरिएको सामग्रीको आधारमा धेरै पहिले निर्माण गरिएको थियो।
हामीले कुनै लिखित प्रमाण फेला नपाए पनि अन्य ठाउँका देवता देवताहरू यस ठाउँसँग जोडिएको विश्वास छ। यहाँ असार ३ र ४ गते परम्परागत पाँचली भैरव नाच हुने गरेको रसला तण्डुकार नामक समुदायले बताए । त्यही नाच अहिले पनि टेकु भन्ने अर्को क्षेत्रमा भइरहेको छ । पचलीको नाच नक्सालमा नचाउनुको धार्मिक, सांस्कृतिक र सामाजिक कारण खोज्ने हो भने अरु पनि लुकेका कारण खुल्न सक्छन् ।
स्थानीय विक्रमदास मानन्धरका अनुसार यो करिव २०२४ सालतिर छोपिएको हो । त्यसअघिसम्म खाडलका चारतिर ढुङ्गाका थाम थिए । सहरीकरण बढ्दै गएर सडक साँघुरो महसुस भएपछि खाडलमाथि स्ल्याप राखेर पुरिएको हो । यसरी पुरिएको ठाउँमा एउटा सानो प्वाल राखिएको थियो । मानिसहरु त्यही प्वालबाट सिक्का चढाएर श्रद्धा अर्पण गर्ने गर्थे ।


‘शंकरकीर्ति विहार’ नामको अर्थ खोज्ने हो भने पनि शंकरसँग केही सम्बन्ध केलाउन सकिन्छ । यो नाम शंकरकीर्तिले हिन्दूमार्गी र विहारले बौद्धमार्गी भाव जनाउँछ । यसरी हेर्दा चारढुङ्गेसँग विहारको सम्बन्ध जोडेर प्राचीनता खोजी गर्न सक्ने देखिन्छ ।
प्रहरी परिसर नजिक उत्तरतर्फ फर्केर दुईवटा सिंहका मुर्ति थिए, उत्तरबाट दक्षिणतर्फ कुनै कालो छायाँ (धार्मिक मान्यताअनुसार नकारात्मक तत्व) प्रवेश नगरुन् भनेर एक जोडा सिंह उत्तर फर्काएर राखिएको थियो । सहर विस्तारसँगै ती सिंहहरु पनि हराएका छन् ।
अब ती सिंहहरुको विषय पनि उठान हुनुपर्छ ।
पाका उमेरका मानिसहरु यस ठाउँलाई अहिले पनि सिंह दोबाटो भन्ने गर्दछन् । यसलाई पुनरुत्थान गरेर नक्साललाई सम्पदा मार्ग बनाउने योजना कार्यान्वयनमा लैजाने योजना रहेको वडा सदस्य श्रेष्ठ बताउछन् ।