४ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
८ देशमा राजदूत सिफारिस, कुन देश कसको भागमा ? (सूचीसहित) - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारदेशमुख्य समाचारराजनीतिसफलताको कथा

८ देशमा राजदूत सिफारिस, कुन देश कसको भागमा ? (सूचीसहित)

काठमाडौं। मन्त्रिपरिषद् बैठकले ८ देशका लागि राजदूत सिफारिस को निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले ८ देशका लागि राजदूत सिफारिस गरेको हो।

Nepal Himalayas Tours and Travel

सरकारले अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेलाई पठाउने निर्णय गरेको छ। भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, दक्षिण कोरिया सुशील प्याकुरेल पठाउने भएको छ। रेग्मी यसअघि बेलायतका लागि सिफारिस भएका थिए।

प्याकुरेल राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य हुन्। उनी विद्या भण्डारी राष्ट्रपति छँदा सल्लाहकार पनि भएका थिए।

यस्तै सुम्निमा तुलाधर डेनमार्क, विजय पन्त बेलायत, पुष्पराज रन्जितकार स्पेन, डा नेत्रप्रसाद तिम्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस भएका छन्।

तुलाधर र डा. तिम्सिना सामाजिक आन्दोलनमा सक्रिय छन्। तुलाधर २०७८ जेठमा अस्ट्रेलियाका लागि राजदूत सिफारिसमा परेकी थिइन्। उनी मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरकी छोरी पनि हुन्। गैरसरकारी संस्था सिबिनसँग पनि आबद्ध थिइन्।

डा. तिम्सिना गैरसरकारी संस्था महासंघ नेपालका पूर्वअध्यक्ष हुन्। उनी अति कम विकसित देशहरू (एलडीसी) का नागरिक संस्थाहरूको अन्तर्राष्ट्रिय आन्दोलनमा सहभागी सहभागी छन्। उनले नेपाल रेडक्रस सोसाइटीको पनि नेतृत्व गरिसकेका छन्।

हाल ११ देशमा राजदूत रिक्त रहेकोमा एमालेले ८, रास्वपाले दुई र माओवादी केन्द्रले एक राजदूत नियुक्त गर्ने गरी भागबन्डा भएको छ ।

यसअघि सरकारले यी सबै देशका राजदूत फिर्ता बोलाएको थियो । बैठकले सत्तारुढ दलहरूको भागबन्डाअनुसार राजदूत सिफारिस गरेको हो । सत्ता साझेदार दलबीच १० सांसद बराबर एक राजदूत सिफारिस गर्ने सहमति बिहीबार भएको थियो । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को सिफारिसमा यसअघि नै तीन राजदूत भएकाले यसपटक एमाले र रास्वपाले मात्रै भाग पाएका हुन् ।

नवनियुक्त राजदूतको संसदीय सुनुवाइपछि सम्बन्धित मुलुकमा स्वीकृतिका लागि एग्रिमो पठाइनेछ । त्यसपछि उनीहरू कार्यभार सम्हाल्न जानेछन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button