७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
आज शुक्रबार सुन एकै दिन प्रतिताेला १९०० ले बढ्यो - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचार

आज शुक्रबार सुन एकै दिन प्रतिताेला १९०० ले बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनकाे मूल्य एकै दिन ताेलामै १९०० रूपैयाँले बढेकाे छ।

मंगलबार, बुधबार स्थिर र बिहीबार सामान्य बढेको सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको हाे ।

Nepal Himalayas Tours and Travel

अघिल्लो दिन बिहीबार प्रतितोला ६०० ले  बढेको सुनकाे मूल्य शुक्रबार १९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ८०० र तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

महासंघका अनुसार बिहीबार सुनकाे मूल्य प्रतितोला १८४० मा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको हो। चाँदी बिहीबारभन्दा आज तोलामा २५ रुपैयाँले बढेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यसअघि सुन मूल्यले जेठ २५ मा नयाँ रेकर्ड बनाएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम थियो। तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button