विश्व किसान संगठनको सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित

काठमाडौं । विश्व भरका किसानहरुको छाता संगठन विश्व किसान संगठन को सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित भएका छन् ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहेका पाठक एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित भएका हुन् ।
डब्लुएफओ माहासभाको निर्वाचनको यो परिणामले नेपालको सहकारी अभियान, साना किसान बिकास अभियान परिवार, सरोकारवालाहरु, किसानहरु, सहकारी अभियन्ता, तथा सम्पूर्ण नेपालिहरुलाई अन्यन्तै हर्षित र गौरवान्वित बनाएको छ ।
सञ्चालकमा पाठक सहित ६ जना निर्वाचित भएका छन् ।
विश्वभरका सक्रिय किसान संघ संगठनहरुको छाता संगठनका रुपमा रहेको विश्व किसान संगठन मा नेपालको तर्फबाट सञ्चालक समितिमा निर्वाचित हुने पाठक पहिलो व्यक्ति हुन् ।गरिबी निवारण, साना किसानको समृद्धि, ग्रामीण अर्थतन्त्र सुधार सहित महिला नेतृत्व विकासका क्षेत्रमा सहकारी अभियान र साना किसान अभियानमार्फत निरन्तर सक्रिय खेम बहादुर पाठक इटालिको रोममा भएको विश्व किसान संगठन को महासभा २०२४ को सदस्य संगठनहरूको चुनावमा सर्वसम्मतले निर्वाचित भएका हुन् ।

किसान र कृषि क्षेत्रको रुपान्तणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको विश्व किसान संगठनको उच्चतह सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनु आफैमा खुसी र गौरवको कुरा भएको नेपाल कृषि सहकारी केन्द्रीय संघले जनाएको छ ।
धादिङ जिल्लाको विकट गाउँबाट निरन्तर सहकारी अभियानमा संलग्न खेम बहादुर पाठक, गाउँ, गाबिस, साना किसान बिकास आयोजना, साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष, जिल्ला संघ, हुँदै साना किसान विकास बैंकको संचालक समितिको सदस्य, नेपाल कृषि सहकारी केन्द्रिय संघको अध्यक्ष, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको अध्यक्ष, रास्ट्रिय सहकारी महासंघको उपाध्यक्षको भूमीकामा रहँदै आएका छन् ।