२० आश्विन २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायीको फेरि प्रदर्शन - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिवाग्मती प्रदेशसुरक्षा/अपराधस्थानीय तह

काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायीको फेरि प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिका विरुद्ध कबाड व्यवसायीले प्रदर्शन गरेका छन्। रिङरोडभित्रबाट कबाड हटाउने महानगरको निर्णयविरुद्ध उनीहरूले आज माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

Nepal Himalayas Tours and Travel

छोटे राजाहरूको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागू गर, अदालतको निर्णय सम्मान गरजस्ता प्लेकार्डसहित उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

व्यवसाय नै विस्थापित गर्ने उद्देश्यका साथ महानगरको निर्णय आएकाले आन्दोलन गर्नु परेको उनीहरूको गुनासो छ।

केही समयदेखि काठमाडौँ महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकले विरोधप्रदर्शन गर्दै आएका  छन्।

उच्च अदालतले कबाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले आफूहरूका टहरामा डोजर चलाएको उनीहरूको दुखेसो छ। कबाड व्यवसायी संघर्ष समिति गठन गरेर नै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

कबाड व्यवसायीको फेरि <yoastmark class=

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button