२० आश्विन २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सन्दीप लामिछाने: देशले हार्दा कीर्तिमान व्यर्थ लाग्यो - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशप्रवासबिचारमनोरञ्जनमुख्य समाचारविचार दृष्टिकोणसफलताको कथा

सन्दीप लामिछाने: देशले हार्दा कीर्तिमान व्यर्थ लाग्यो

काठमाडौं । टी-२०आई क्रिकेटमा लेग स्पीनर सन्दीप लामिछानेले एक सय विकेट पुर्‍याएका छन् ।टी-२० विश्वकपअन्तर्गत सोमबारको बंगलादेशविरुद्धको खेलमा दुई विकेट लिएसँगै उनको नाममा कीर्तिमान बनेको हो ।

Nepal Himalayas Tours and Travel

यसअघि ९८ विकेट लिइसकेका लामिछानेले पहिलो विकेट १३.२ ओभरमा तन्जिम हसन सकिवलाई बोल्ड गर्दै लिए । उनले दोस्रो विकेटका रूपमा १५.३ ओभरमा जाकिर अलीलाई ‘आउट’ गर्दै बनाएका थिए । सन्दीपको गुगलीलाई जाकिरले रोक्न सकेनन् ।

उनले ५४ वटा टी-२० आई खेलेर सय विकेट लिएका हुन् । योसँगै उनी टी-२०आईमा सबैभन्दा छिटो १०० विकेट लिने विश्वका खेलाडीहरूमध्ये दोस्रो स्थानमा रहन सफल भएका छन् । उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा दुई विकेट लिन सकेको भए उनको नाममा अर्को कीर्तिमान पनि हुने थियो । अफगानिस्तानका रासिद खानले ५३ खेलमा १०० विकेट लिँदै टी-२०आईमा सबैभन्दा कम खेल खेलेर १०० विकेट लिने कीर्तिमान रचेका थिए । लामिछानेले त्यो कीर्तिमान बराबरी गर्ने मौका भने गुमाए ।

निराश भएका सन्दिप :
सन्दीपले नयाँ कीर्तिमानबाट खुसी देखिएका छैनन् । टोलीको हारका कारण आफ्नो कीर्तिमानको खासै महत्व नरहेको उनले बताए । सन्दीपले भने, “मैदानमा फर्कन पाउँदा एकदम राम्रो लाग्यो र दुई महत्त्वपूर्ण विकेट हात पार्दा हामी बलियो स्थितिमा थियौं । तर खेल आफ्नो पक्षमा आउन नसक्दा भने आफ्नो विकेट पनि व्यर्थ भएजस्तो महसुस भएको छ । हाम्रो ब्याटिङ हेर्दा निकै दुख लागेको छ” ।

टेस्ट राष्ट्रसँग खेल्दा पाएको अवसर सदुपयोग गर्न नसकिएको उनले बताए । ‘हामीले उनीहरुलाई नहराएसम्म लगातार खेल्न पाइदैन । सबैजना दुखि छौं,’ सन्दीपले भने, ‘नेपालमा रहेका समर्थक पनि हाम्रो प्रदर्शनमा खुसी हुनुहुन्न । हामीले यसलाई मनदेखि लिएर आउने दिनमा यस्तो अवसर आए सदुपयोग गर्ने प्रण गर्नेछौं ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button