४ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कुकुरलाई क्रुरतापूर्वक हत्या गर्ने इलामका तीनजना पक्राउ, सजाए के होला ? - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)कोशी प्रदेश (प्रदेश-१)ताजा समाचारदेशबिचित्रसुरक्षा/अपराधस्थानीय तह

कुकुरलाई क्रुरतापूर्वक हत्या गर्ने इलामका तीनजना पक्राउ, सजाए के होला ?

काठमाडौं । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको देउमाई नगरपालिका-९ जितपुरका २१ वर्षिय दिक्षान्त मोरोहाङ लिम्बू, सोही स्थानका १७ वर्षिय संगम लिम्बू र १७ वर्षिय अशोक लिम्बू छन् ।

Nepal Himalayas Tours and Travel

पशु कल्याण संघ काठमाडौंले दिएको उजुरीको आधारमा उनीहरूलाई जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ ।

घटना केहिदिन अघिकै हो । सामाजिक सञ्जालमा भिडिओ बाहिरिएपछि पशु कल्याणले उजुरी दिएको थियो । ललितपुरका इरफान खानले पनि प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका थिए ।

सुगम मोराहाङ लिम्बू नामक फेसबुक एकाउन्टमा सो भिडियो पोस्ट भएको थियो । उनीहरूले कुकुरलाई त्यति क्रूरतापूर्वक किन हत्या गरे भन्ने खुलेको छैन ।

भिडिओ बनाउने हेतुले उनीहरूले हाँसिमजाक गर्दै कुकुरको बच्चालाई तड्पाउँदै जिउँदै खाल्डोमा पुरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

नेपालको प्रचलित कानुनअनुसार यस्तो घृणित कार्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ । मुलुकी अपराध संहिता २०७५ ले कुनै पनि पशुप्राणीलाई क्रूरतापूर्वक हत्या गर्नु ‘अपराध’ भनेको छ ।

कुकुरलाई क्रुरतापूर्वक हत्या
कुकुरलाई क्रुरतापूर्वक हत्या

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button