Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तहस्वास्थ्य
भारतको पश्चिम बंगालमा दुई रेल आपसमा ठोक्किदा १५जनाको मृत्यु, ६० जना घाइते

नयाँ दिल्ली । भारतको पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा सोमबार आज बिहान भएको दुई रेल दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने करिब ६० जना घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार, सियालदह जाँदै गरेको 13174 कञ्चनजङ्घा एक्सप्रेससँग मालगाडी ठोक्किएपछि यात्रुवाहक रेलका तीनवटा डिब्बा पटरीबाट खसेका थिए।
घटना नयाँ जलपाईगुडी स्टेशन नजिकै रंगपानी नजिक बिहान 9 बजे भएको थियो। कञ्चनजङ्घा एक्सप्रेस आगरतलाबाट सियालदह जाँदै गर्दा दुर्घटना भएको हो ।
केही मानिसहरु दुई रेल को ढलिएको डिब्बाभित्र फसेको आशंका गरिएको छ र उनीहरुको खोजीका लागि उद्दार अभियान शुरु गरिएको छ ।
थप अनुसन्धान र मान्छेहरुको खोजिकार्ये भैरहेको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।