३२ जेष्ठ २०८२, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कपनबाट सिआइबीले ६ किलो सुन सहित एक चिनियाँ नागरिक पक्राउ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारवाग्मती प्रदेशसुरक्षा/अपराधस्थानीय तह

कपनबाट सिआइबीले ६ किलो सुन सहित एक चिनियाँ नागरिक पक्राउ

६ किलो सुन को परीक्षण हुन बाँकी

काठमाडौं, असार ३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौंको कपनमा ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ गरेको छ।६ किलो सुन को परीक्षण हुन बाँकी रहेकाले पक्राउ परेका नागरिकको परिचय गोप्य राखिएको र थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।

Nepal Himalayas Tours and Travel

चिनियाँ नेतृत्वको गिरोहले एक वर्षको अवधिमा करिब २८ सय केजी सुन तस्करी गरेको सिआइबीको अनुसन्धानबाट पुष्टि भइसकेको छ । तस्करीमा सघाउने तथा तस्करीको पैसा विदेश पठाउन सघाउने गिरोहमाथि सिआइबीले अनुसन्धान गरिरहेको छ । जस क्रममा थप एक चिनियाँ सुनसहित नै पक्राउ परेका हुन् ।

सिआइबीको दोस्रो चरणको सुन तस्करीको अनुसन्धानको क्रममा पक्राउ परेका हुन् । यसअघि २०२३ साउन १८ गते राजस्व अनुसन्धान विभागले विमानस्थलबाट हिँडेको ब्रेक जुत्तामा लुकाएर राखिएको ६० किलो ७०० ग्राम सुन बरामद गरेको थियो । सो समूहले पटक–पटक सुन तस्करी गरेको खुले पनि थप सुन बरामद हुन सकेको थिएन । ११ महिनापछि थप ६ केजी सुन बरामद भएको हो ।

सिआइबीले सुन तस्करीमा संलग्न राजु खत्री, सुरेन्द्रमान श्रेष्ठ, प्रशान्त गणेश बजबलर, सिद्धनाथ गायकवाड, दिनेश भोईटे, बैजनाथ ब्रम्हादत्त लगायतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि अनुसन्धान गर्दा सुन तस्करीको पैसा डिजिटल मोबाइल वालेट कम्पनीहरू पेवेल नेपाल र सजिलोपे कम्पनीको समेत संलग्नता पुष्टि भएको छ । ती कम्पनीले हुन्डीमार्फत् सुनको पैसा विदेश पठाएको थियो ।

सिआइबीले पेवेल नेपालका अध्यक्ष भिमप्रसाद तिमल्सिनासहित, सिइओ प्रज्वल आचार्य र सुरजशमशेर जबरा तथा सजिलो पे पेमेन्टका सञ्चालक सुशील जाकिबन्जा र फुन्सुक डाग्पा अथुप्छाङ खम्पा र प्रमुख कार्यकारी कश्यम मानन्धरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दुई कम्पनीबाट करिब दुई वर्षमा एक खर्बभन्दा धेरै अवैध कारोबार भएको सिआइबी दाबी छ । उनीहरूले नेपालमा तस्करीको सुन किन्ने व्यक्तिलाई आफ्नो खातामा पैसा हाल्न लगाउने र उनीहरूलाई कोरिया तथा अष्ट्रेलियाबाट पैसा उपलब्ध गराएको अनुसन्धानमा पुष्टि भएको छ । यस प्रकरणमा यसअघि सिआइबीले तीन सय ६२ केजी सुन तस्करी गरेको अभियोगसहित २९ जनाविरुद्ध गत वर्ष ३१ भदौमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो । जसमध्ये ६० किलो सात सय १६ ग्राम सुन बरामद भएको थियो ।

सिआइबीले विशेषज्ञ र प्राविधिकहरूसमेतको सहयोग लिएर यस विषयमा विस्तृत अनुसन्धान गर्दा २८ सय केजीभन्दा धेरै तस्करी गरेको पुष्टि भएको हो । सो गिरोहले ब्रेक सुका साथै पानी तान्ने पम्प, स्मार्ट वाच, इलेक्ट्रिक सेभिङ मेसिनलगायत सामानभित्र लुकाएर विमानस्थलबाटै सुन तस्करी गरेका थिए । दोस्रो चरणको अनुसन्धान यही साता सकाएर सिआइबीले सरकारी वकिलमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । दोस्रो चरणमा सुन किनबेच गर्ने समूहका साथै हुन्डी, क्रिप्टो तथा यूएसडिटीको अवैध कारोबार गर्ने समूहहरू पत्ता लागेका छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button