७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
जंगली च्याउ खाँदा तनहुँमा पाँचजना बिरामी, उक्त जंगली च्याउको अनुसन्धान - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)कृषिताजा समाचारदेशप्रवासबिचित्रसुरक्षा/अपराधस्थानीय तहस्वास्थ्य

जंगली च्याउ खाँदा तनहुँमा पाँचजना बिरामी, उक्त जंगली च्याउको अनुसन्धान

आँबुखैरेनी, तनहुँ। तनहुँमा जंगली च्याउ खाँदा पाँचजना बिरामी भएका छन् ।

आँबुखैरेनी गाउँपालिका–६ हिले खर्कका डिलबहादुर गुरुङले नजिकैको जंगलबाट ल्याएको च्याउ खान दिँदा परिवारका सदस्य तथा छिमेकी बिरामी परेको प्रहरीले जनाएको छ।

Nepal Himalayas Tours and Travel

बिारामीमध्ये ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीय द्रोणपति गुरुङ र ५८ वर्षीया पम्फी गुरुङको उपचार तनहुँको आबुखैरेनी अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारीले दिए।

यस्तै ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङको उपचार नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा भइरहेको छ।

घर नजिकैको जंगलमा गएर ल्याएको च्याउ आइतबार खाँदा उनीहरू बिरामी भएका हुन्। डिलबहादुरले शनिवार जंलबाट टिपेर च्याउ ल्याएका थिए।

प्रहरीले जंगली च्याउको जथाभावी सेवन नगर्न आग्रह गरेको छ । जंगलमा कुन प्रजातिको च्याउ ल्याएर खाए भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारीले दिए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button