११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कमजोर व्याटिङका कारण बंगलादेशसँग पनि नेपाल २१ रनले पराजित - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियखेलकुदताजा समाचारदेशबिचित्रमनोरञ्जनमुख्य समाचारसफलताको कथा

कमजोर व्याटिङका कारण बंगलादेशसँग पनि नेपाल २१ रनले पराजित

काठमाडौं। आईसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ।

एक सय ७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोड्यो।

Nepal Himalayas Tours and Travel

नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रन जोडे । यस्तै दीपेन्द्रसिंह ऐरीले २५ रन बनाए ।

अनिल शाह, गुल्सन झा, सोमपाल कामी, अविनाश बोहराले खाता खोल्न सकेनन्। सन्दीप लामिछाने शून्यमा नटआउट रहे। रोहित पौडेल र सन्दीप जोराले एक एक रन बनाए भने आसिफ शेखले १७ र कुशल भुर्तेलले ४ रन जोडेर आउट भए।

बंगलादेशका तान्जिम हसनले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । सकिब अल हसनले २ र तस्किन अहमदले १ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.२ ओभरमा १०६ रनमा अल आउट भएको थियो । टिमका लागि सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडेका थिए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेलले २, सोमपाल कामीले २ विकेट लिए । बंगलादेश ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । नेपाल ४ खेलमा १ अंकका साथ चौथो स्थानमा रहेर बाहिरिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button