३ चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम पक्राउ, ३ अर्ब ठगीको आसंखा - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिवाग्मती प्रदेशसुरक्षा/अपराधस्थानीय तह

कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम पक्राउ, ३ अर्ब ठगीको आसंखा

काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष थापासहित चार जना सञ्चालकलाई पक्राउ गरेको हो । थापा यसअघि फरार थिए ।

Nepal Himalayas Tours and Travel

कृषि विकास बहुउद्देश्यीय सहकारीले बचकर्ताको २ अर्ब ८२ करोड २७ लाख रुपैयाँ बढी बचत अपचलन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जानकारी दिएको छ । सरकारले २०८० माघमा समस्याग्रस्त घोषणा गरेको थियो । उक्त सहकारीका २ हजार ५३१ जनाले बचत फिर्ताका लागि उजुरी दिएका छन् ।

राजनीतिक शक्तिका कारण बचतकर्ताको बचत फिर्ता गर्न आनकानी गरेको आरोप बचतकर्ताको छ । सहकारीमा लामो समयदेखि समस्या भएपनि उनले बचतकर्ताको बचत फिर्ता गर्न सकेका थिएनन् । बचतकर्ताका अनुसार सहकारीले पछिल्लो समय ५ हजार रुपैयाँ पनि फिर्ता गर्न सकेको थिएन ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पनि सहकारीलाई समस्याग्रस्त घोषणा गरेपनि अहिलेसम्म बचत फिर्ताका लागि कुनै पहल अगाडि बढाउन सकेको छैन । अन्ततः प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले आफ्नो श्रीमती सन्जना राजकर्णिकारलाई व्यवस्थापक बनाएर नियतवस सहकारीका बचतकर्ताको बचत ठगेको आरोप बचतकर्ताको छ । उनीविरुद्द पनि प्रहरीमा उजुरी परेको छ ।

सहकारी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेश (टीओआर) मा पनि यस सहकारीको नाम उल्लेख गरिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button