११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
आईसीसी टी२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई १ रनले पराजित - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियखेलकुदताजा समाचारदेशबिचित्रमुख्य समाचार

आईसीसी टी२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई १ रनले पराजित

११६ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो

काठमाडौँ । आईसीसी टी२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ। यससँगै नेपाल विश्वकपबाट बाहिरिएको छ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो।

नेपालका आशिफ शेखले ४९ बलमा सर्वाधिक ४२ रनको योगदान दिए ।

Nepal Himalayas Tours and Travel

नेपालका अनिल साहले २७ रन बनाए। कुशल भुर्तेल १३ रनमा आउट भए। सोमपाल कामीले ८ तथा गुल्शन झाले ६ रन बनाए तर कप्तान रोहित पौडेल शून्यमा आउट भए।

दक्षिण अफ्रिकाले नेपाललाई १ रनले पराजित
दक्षिण अफ्रिकाले नेपाललाई १ रनले पराजित
दक्षिण अफ्रिकाले नेपाललाई १ रनले पराजित
दक्षिण अफ्रिकाले नेपाललाई १ रनले पराजित
दक्षिण अफ्रिकाले नेपाललाई १ रनले पराजित
दक्षिण अफ्रिकाले नेपाललाई १ रनले पराजित
दक्षिण अफ्रिकाले नेपाललाई १ रनले पराजित
दक्षिण अफ्रिकाले नेपाललाई १ रनले पराजित

वेस्टइन्डिजको सेन्टभिसेन्टमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो।

ओपनर कुशल भुर्तेल २१ बलमा १३ रन बनाइ आउट भए । नेपालले ७ ओभरमा बिना क्षति ३४ रन बनाएपछि आठौं ओभरमा कुशल अनावश्यक रिभर्स स्वीप हान्न खोज्दा बल प्याडमा लागेर ताब्राइज साम्सीको बलमा बोल्ड भए । भुर्तेलले समान १ चौका र छक्का प्रहार गरेका थिए ।

नियमित स्पिनर केशव महाराजको स्थानमा खेलिरहेका साम्सीले अर्को बलमा कप्तान रोहित पौडेललाई पनि बोल्ड गरे । पहिलो बलमै ड्राइभ गरेका साम्सीको टर्न बलमा बिट भएर बोल्ड भए ।

दक्षिण अफ्रिकाको यो लगातार चौथो विजय हो । पहिलो ३ खेल जितेर सुपर ‘एट’ मा पुगिसकेको दक्षिण अफ्रिकाले नेपालविरुद्ध पूर्ण टोली उतारेको थियो । नेपाल यस हारपछि समूहचरणबाटै बाहिरिएको छ । नेपालले बंगलादेशसँग आइतबार समूहचरणको अन्तिम खेल खेल्ने छ ।

दक्षिण अफ्रिकाका रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। ट्रिस्टन स्टब्सले २७ तथा मार्करमले १५ रन बनाए।

नेपालका लागि कुशल भूर्तेलले ४ ओभरमा १९ रन दिदै ४ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। उनले ४ ओभरमा २१ रन खर्चिए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button