१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
दाङमा दश दिनअघि मात्र सम्बन्ध बिच्छेद भएको महिलाको श्रीमानद्वारा हत्या – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तहस्वास्थ्य

दाङमा दश दिनअघि मात्र सम्बन्ध बिच्छेद भएको महिलाको श्रीमानद्वारा हत्या

काठमाडौं । दश दिनअघि मात्र सम्बन्ध विच्छेद गरिएकी एक महिलाको श्रीमानद्वारा नै हत्या भएको छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका–६ राप्ती टोलमा बस्ने ३१ वर्षीया टिका रावतको हत्यामा संलग्न उनका श्रीमान ३६ वर्षीय शालिकराम रावतलाई प्रहरीले पक्राउ गरेको हो ।

Nepal Himalayas Tours and Travel

इलाका प्रहरी कार्यालय तुलसीपुर प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार नेपाली सेनाका अमलदार रहेका उनी ज्वालादल गण बारामा कार्यरत छन् । उनले शुक्रबार बिहान ८ बजेर ४० मिनेट जाँदा टीकाको हत्या गरेको खुलेको छ ।

शुक्रबार बिहान ८ बजेतिर टीका बस्ने कोठामा पुगेका शालिकरामले टीकालाई अर्कै पुरुषसँग भेटेपछि खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

शालिकरामले पहिले ती पुरुषमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेपछि पुरुष त्यहाँबाट भागेर ज्यान बचाएका थिए । उनीसँगै टीका पनि भागेर छिमेकीको घरमा लुकेको अवस्थामा शालिकरामले भेटाएपछि टीकाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

टीकासँगै कोठामा भेटिएका २९ वर्षीय आर्यन थापा अछाम कमल बजार नगरपालिका ४ घर भइ हाल तुलसीपुरको १९ नम्बर बाहिनीमा कार्यरत जवान भएको बताइएको छ । उनीमाथि खुकुरी प्रहार हुँदा हात, टाउँको र छातिमा चोट लागेको पनि प्रहरीले जनाएको छ । उनको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

टीकाको हत्या गरेर खुकुरीसहित हिँडीरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको र आफुले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । टीका र शालिकरामबाट जन्मिएका एक छोरा समेत रहेको प्रहरीले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button