३१ भाद्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बालेन : काठमाडौं महानगरका निजी विद्यालयमा १८ हजारले पाए छात्रवृत्ति - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारमुख्य समाचारशिक्षासफलताको कथास्थानीय तह

बालेन : काठमाडौं महानगरका निजी विद्यालयमा १८ हजारले पाए छात्रवृत्ति

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले यस वर्ष १९ हजारभन्दा धेरै विद्यार्थीले छात्रवृत्ति मा अध्ययन गर्न पाएको जानकारी दिएका छन् ।

मेयर शाहले सामाजिक सञ्जाल एक्समार्फत एउटा कानुन कार्यान्वयनले यो वर्ष १९ हजारभन्दा धेरै विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाएको जानकारी दिएका हुन् ।

Nepal Himalayas Tours and Travel

गएको शैक्षिक सत्र २०८० मा काठमाडौं महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३ हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको विवरण महानगरको इतिहासमै पहिलो पटक प्राप्त भएको शाहले उल्लेख गरेका छन् । यस शैक्षिक सत्र २०८१ मा बुधबारसम्म विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको उनले जानकारी दिए ।

भर्ना भएकामध्ये १८ हजार ४ सय २२ जनाले छात्रवृत्ति पाएका छन् ।

‘हामीले विद्यमान कानुनको कार्यान्वयन गर्दामात्रै लक्षित वर्गका विद्यार्थीहरूलाई करिब २ अर्ब बराबरको छात्रवृत्ति उपलब्ध गराउन सफल भयौँ, प्राप्त भएको विवरणको हामी अनुगमन गर्नेछौं, फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ,’ मेयर शाहले भनेका छन् ।

हालसम्म विवरण नबुझाउने विद्यालयलाई ३ दिनको समय दिई विवरण पेस गर्नका लागि सार्वजनिक सूचना प्रकाशन गरिएको पनि उनले उल्लेख गरेका छन् ।

‘तीन दिनभित्र विवरण पेस नगर्ने विद्यालयहरू बन्द विद्यालयको रूपमा बुझी काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ,’ एक्समार्फत शाहले भनेका छन्, ‘विद्यमान कानुनी प्रबन्ध कार्यान्वयन गर्दा यी गत वर्ष १३ हजार र यस वर्ष करिब १९ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका हुन् ।’

कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुने भन्दै मेयर शाहले आफूहरू कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर रहेको बताएका छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button