११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
चाबहिलमा एक पुरुषले आफू, श्रीमती र ३ छोरीहरूलाई मट्टितेल खन्याएर आत्मदाहको प्रयास
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्रवासबिचित्रमुख्य समाचारवाग्मती प्रदेशसुरक्षा/अपराधस्थानीय तहस्वास्थ्य

चाबहिलमा एक पुरुषले आफू, श्रीमती र ३ छोरीहरूलाई मट्टितेल खन्याएर आत्मदाहको प्रयास

काठमाडौं। काठमाडौंको चाबहिलको सरस्वतीनगरमा एक पुरुषले मादक पदार्थ सेवन गरी श्रीमती र ३ छोरीलाई

मट्टितेल खनाएर आगो लगाएका छन्।

Nepal Himalayas Tours and Travel

चाबहिलको ५५ वर्षीय चञ्ञलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्।

काठमाडौं प्रहरी वृत्त, गौशालाका डीएसपी केशव थेबेका अनुसार सिंहले श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएका थिए।

डीएसपी थेबेका अनुसार आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएको छ।

२४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार गरिएको छ। १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको छ ।

 

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button