४ असार २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
उग्र रुप लिँदै सहकारी पीडित आन्दोलन, प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

उग्र रुप लिँदै सहकारी पीडित आन्दोलन, प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा

काठमाडौं । पोखरामा जारी सूर्यदर्शन सहकारीका पीडितहरुको आन्दोलनले उग्र रुप लिन थालेको छ।

Nepal Himalayas Tours and Travel

बुधबार सूर्यदर्शन सहकारीका पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाएका हुन्। बुधबार बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारी का पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा लगाउँदै प्रचण्डलाई कालो झण्डा प्रदर्शन गरेका हुन् ।

प्रहरीका अनुसार कालो झण्डा र ब्यानर देखाउने एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएर उपचारका लागि अस्पताल लगिएको छ ।

सुर्यदर्शन सहकारीको बचतकर्ताको अर्बौं रकम अपचलन भएको छ । सो सहकारीका सञ्चालक जिवी राई हाल फरार छन् । यस प्रकरणमा गृहमन्त्री रवी लामिछाने पनि मुछिएका छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button