११ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
गोकर्ण विष्ट : सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतीपूर्ण – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसूचना / प्रबिधि

गोकर्ण विष्ट : सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतीपूर्ण

काठमाडौँ। पूर्व मन्त्री एवं एमाले सांसद गोकर्ण विष्टले सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको दाबी गरेका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१ र ०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै एमाले सचिव समेत रहेका सांसद विष्टले यस्तो बताएका हुन । उनले अर्थमन्त्री वर्षमान पुनले बजेट सन्तुलित ल्याएको दाबी गरेका छन ।

Nepal Himalayas Tours and Travel

उनले सरकारले करका दर यथावत वा तयारी वस्तुभन्दा कच्चा पदार्थमा पैठारी महसुल कम्तीमा १ प्रतिशत कम गर्नु बजेटको सकारात्मक पक्ष रहेको उल्लेख गरे ।

उनले चालु खर्च ६१ प्रतिशत, पुँजीगत १९ प्रतिशत, वित्तीय व्यवस्था २० प्रतिशतको जुन कहाली लाग्दो अवस्था देखापरेको बताए ।

उनले यसका लागि सार्वजनिक पुनरावलोकन उच्चस्तरीय आयोगको सिफारिसलाई कार्यान्वयन गर्नको लागि संसदमा साझा सहमतिका साथ अगाडि जान नसके विकास र पुँजीगत खर्च केवल सपनामा मात्रै सीमित हुने अवस्था रहेको दाबी गरे । उनले चालु आर्थिक वर्षको अहिलेसम्म ८ खर्ब ७५ अर्ब राजश्व प्राप्त हुँदा आगामी आर्थिक वर्षको लागि १२ खर्ब ६० अर्बको लक्ष्य बढी चुनौतीपूर्ण देखिएको बताएका छन ।

सचिव विष्टले वैदेशिक अनुदानको हिसाबले हेर्दा हालसम्म १५ अर्ब मात्रै अनुदान प्राप्त भएको भन्दै आगामी आर्थिक वर्षमा ५२ खर्बको अपेक्षा यथार्थसँग मेल खाने सम्भावना कम रहेको बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button